भानु बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

महेन्द्रनगर । दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । शिक्षक कर्मचारीको पेशागत क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सभा बेल बहादुर रानामगरका प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री मान बहादुर सुनार, दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी लगायतका सहभागी भए छन् । 

उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले स्वागत मन्तव्य राखे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भरतदत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षक डम्बर दत्त जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

विश्व विद्यालय अनुदान आयोग(युजिसी) को सहयोगमा आयोजित तालिमको सहजीकरण डा. डा. मदन सिह देउपा, डा. दिपकचन्द्र भट्ट र पुष्पराज जैशीले सहजीकरण गरे ।

सम्बन्धित
Loading...