पुनर्वासमा प्याब्सन कञ्चनपुरको प्रिन्सिपल भेला सम्पन्न

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) कञ्चनपुरले पुनर्वास नगरपालिकामा संस्थापक र प्रिन्सिपल भेला सम्पन्न गरेको छ । भेलामा प्याब्सन आवद्ध जिल्लाभर सदस्य विद्यालयका संस्थापक एबम् प्रिन्सिपलहरु सहभागी भएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का साँसद तारालामा तामाङ्गले भेला उद्घाटन गरे । उनले शिक्षा क्षेत्र बिशेष चासोका साथ हेरिएको र सो विषयमा आवाज उठाउने सांसद सुमाना श्रेष्ठ शिक्षा मन्त्री बनेकाले छिट्टै केही न केही रिजल्ट आउने बताए ।

शिक्षा बिधयक आफैमा गलत नभएको र हल्लै हल्लामा लागेर गलत बनाईएको तर्क दिदै केही बुदाहरु सच्चाउन आवश्यक देखिए सरकारले निर्णय गर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापा, पुनर्वास नगरपालिकाका पूर्व मेयर जीवनराज थापा, प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम बहादुर चन्द लगायतका सहभागी भए ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । प्याब्सन जिल्ला सचिव राकेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा प्याब्सनका जिल्ला उपाध्यक्ष महादेब प्रसाद भट्ट, कोषाध्यक्ष केशवराज जोशी लगायतका सहभागी भएका छन् ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष भट्टले आगामी शैक्षिक सत्रको कार्य योजना निर्माण, चालू शैक्षिकसत्रको समिक्षा, २०८०÷८१ को वार्षिक कार्य योजना, प्याब्सन शैक्षिक क्यालेन्डर तथा विद्यार्थी, शिक्षक र अभिभावक आचार संहिताका विषयमा छलफल गरिएको बताए ।

कार्यक्रममा प्याब्सन सुदुरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष समरजंग बहादुर चन्दले शिक्षा ऐन मार्फत सबैको कुरा सम्बोधन हुनपर्नेमा जोड दिए । शिक्षा बिधेयक बिधालयको हितमा नभएकाले तल्लो स्तरबाट नै आन्दोलनका लागि तयारी हुनुपर्ने अवस्था सिर्जना भएको बताउदै,सरकारले तुरुन्तै बिधयक सम्पादन गर्नु आवश्यक रहेको उनको तर्क छ ।


यस्तै कार्यक्रममा बोल्नुहुँदै प्रदेश सभा सदस्य वीर बहादुर थापाले सांसदहरु सबै बिषयमा बिज्ञ नभएको र अध्ययन नगरी कानुन बन्दा जटिलता भएको बताउनुभयो । विभिन्न समितीमा रहेका सांसदहरुले कर्मचारीले जे भन्यो त्यहिमा ठिक गर्दिदाको परिणाम आजभोलि देखिएको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य पुनर्वास प्याबसनका अध्यक्ष बालकृष्ण ढकालले राखेका थिए । संघीयसरकार द्वारा प्रधान गरिने ४५ प्रतिशत छात्रवृत्ति खारेज भई अब सरकारी र बोर्डिङ स्कुल जहाँबाट पढेपनी समान मान्यता भएको प्रती प्याब्सनका बक्ताहरुले खुसी ब्यक्त गरे ।

सम्बन्धित
Loading...