ghar sansar

सहकारी ठगी काण्ड

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको छानविन गर्न संसदिय छानविन समिति गठन गर्नु पर्ने र उपप्रधानन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने माग गर्दै आएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा पनि कांग्रेसका सांसदहरुले यही माग राखेका छन् । कांग्रेसका सांसदहरुले माग पुरा नभए सदन चल्न नदिने र ठप्प गर्ने चेतावनी पनि दिएका छन् । कांग्रेसका सांसदहरु संसदका एकोहोरो उपप्रधानकन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा माग गर्ने तर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीसंग हिमचिम बढाउदै जाने दोहोरो चरित्रले कांग्रेसको माग सम्बोधन हुने संकेत देखिदैन । व्यक्तिगत नाफाको लागि जोसंग नि जतिबेला नि घाटी जोडने र जतिबेला नि धोका दिने प्रधानमन्त्री प्रचण्डसंग देउवाले त्यसरी हिमचिम बढाउनुको कुनै न कुनै रहस्य हुन सक्छ ।

आफ राजनीतिमा स्वच्छ छबी भए पनि देउवा पत्नीका कारणले विवादमा मुछिने देउवाको पनि यो भित्र रहस्यले प्रधानमन्त्रीसंगको हिमचिम बढेको हुन सक्छ । भ्रष्टाचारका ठूलठूला काण्डमा आरजु देउवाको नाम जोडिने गरेको छ । त्यसैकारणले पनि देउवा प्रधानमन्त्रीको नजिक बन्न खोजेका होलान । शेखर कोईराला र गगन थापाहरुले जति कुर्ले पनि देउवाले जे चाहान्छन त्यही हुने हो । उपप्रधानकन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा माग र संसदिय छानविन समितिको कुरो उठाउनु पुर्व पार्टीले निर्णय गरेर जतिबेलासम्म माग पुरा हुन्न त्यतिबेलासम्म सदन र सडक तताउने हिम्मत राखेर मात्र आवाज उठाउनु उचित हुन्छ । प्रमुख प्रतिपक्षी दलको भूमीका रहेको सबै भन्दा ठूलो दल कांग्रेसले उठाएको माग बिचमै तुहिने हो भने कांग्रेसको प्रतिष्ठामै आच आउन सक्छ भन्ने तर्फ विचार पुग्नु जरुरी हुन्छ ।
दुई चार दिन सदनका कराउने हनि हराउने हो भने कांग्रेसको आप्mनो खुट्टामा आफै बन्चरो हान्ने काम हो । सत्ता गुमाउनु परेको पीडालाई खप्न नसकेर सदनमा छटपटाउने काम कांग्रेसले गर्न थालेको हो भने त्यो भन्दा ठूलो बिडम्बना अरु केही हुदैन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानकन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहराउन सक्ने सप्रमाणका साथ आवाज उठाउन सक्नु पर्दछ । विरोधका लागि विरोध गर्नु प्रतिपक्ष दलको धर्म होइन । कांग्रेस जिम्मेवार पाटी भएकाले हलोक तरिकाले अभिव्यक्ति दिन मिल्दैन ।

उपप्रधानकन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न हुन भने एक घण्टा पनि गृहमन्त्रीको कुर्सीमा वस्न योग्य हुदैनन् । यस्ता ठगी गर्ने भ्रष्टाचारीलाई प्रधानमन्त्री आप्mनो नाफाको लागि र पदमा वसी रहनकै लागि काखी च्यप्नु हुदैन । सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई नै भेटेर रवि लामिछानेको नाम समेत जोडेर निवेदन दिएका छन् । आप्mनो सत्ता जोगाउनैकै लागि हजारौ पीडितहरुको उठिवास गर्ने काम प्रधानमन्त्रीले गर्नु हुदैन । गृहमन्त्रीको बारेमा प्रहरीले करसरी अनुसन्धान गर्न सक्छ भन्ने तर्फ प्रधानमन्त्रीको ध्यान जान जरुरी छ र प्रमुख प्रति पक्ष कांग्रेसले पनि पीडितलाई न्याय दिलाउन वस्तो सुकै कदम चाल्न पनि तयार हुनु पर्छ ।

Himal dental
सम्बन्धित
Loading...