महेन्द्रनगर । पेशागत महासंघ नेपालको घटक संस्था सेवा निवृत्त राष्ट्र सेवक संघ नेपाल कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सोमबार सम्पन्न अधिवेशनबाट शेर सिह कार्कीको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा गणेश धामी, सचिव मदन राम एस्के, कोषाध्यक्ष सहबीर महतरा चयन भएका छन् । समितिमा शारदा क्षेत्री, तारादत्त भट्ट, चुडामणी कलौनी, काशी सार्की र धर्म भाट सदस्य छन् ।
पेशागत महासंघ कञ्चनपुरका कार्य वाहक अध्यक्ष हर्क बहादुर चन्दको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य जयन्ती पन्त प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा पेशागत महासंघका प्रदेश अध्यक्ष दामोदर भट्ट, निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रताप चन्द विशिष्ठ अतिथि थिए ।
पेशागत महासंघ कञ्चनपुरका सचिव तिलक जोशीले उद्घाटन समारोहपछि बन्द सत्रबाट सर्वसम्मत नयाँ समिति चयन गरिएको बताए ।