ghar sansar

भीमदत्त नगर सहकारी सञ्जालले यसरी मनाउँदैछ सहकारी दिवस, बजारमा विहान प्रभातफेरि

महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालले मंगलबार ६७ औं सहकारी दिवस मनाउँदै छ । सञ्जालले बर्सेनी सहकारी दिवस मनाउँदै आएकोमा यस वर्ष पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ ।

सहकारी दिवसको अवसरमा महेन्द्रनगर बजारमा प्रभातफेरि, अन्र्तक्रिया लगायतका कार्यक्रम गरिने सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले बताए ।

mahostaw

मंगलबार विहान ८ बजे भीमदत्त नगरपालिका कार्यालयबाट प्रभातफेरि सुरु गर्ने तयारी गरिएको छ । प्रभातफेरि गी बजार परिक्रमा गरेपछि भानु पार्टी प्यालेशमा औपचारिक कार्यक्रममा परिणत हुनेछ ।

भानु पार्टी प्यालेशमा बर्तमान अवस्थामा सहकारीका चुनौती र समस्या समाधान का उपाय बिषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...