ghar sansar

अतिक्रमणको चर्चा

khasi

गृह मन्त्रालयले अतिक्रमण भएको लगत संकलन गरि अतिक्रमण हटाउन जिल्ला व्रशासनलाई आदेश दिए पछि सुरु भएको अतिक्रमण हटाउने चर्चा चोक चौराह र चिया पसलहरु जताततै चलिराखेको छ । अतिक्रमण गरेको कसलाई भन्ने नै टुंगो नलगाएरै विभिन्न ठाउहरुमा वर्षै देखि वसेका सबै प्रकारका व्यक्तिहरु अतिक्रमणको सुचिमा सुचीकृत भएका छन् । गृहमन्त्रालयले जुन प्रयोजनको लागि सरकारी जग्गा दिइएको हो सो प्रयोजनमा नलगाएर अन्य प्रयोजनमा लगाइएको पाइएमा पनि अतिक्रमण मानेको छ र त्यस्ता संरचना हटाउनु पर्ने भनिएको छ । गृहमन्त्रालयको यो भनाइले वनखेत क्षेत्रमा उद्योग संचालनका लागि भनेर नगर विकासले दिएको जग्गामा आवासहरु बनेका छन् ।

dirghayi clinic

ती आवासहरु नै पहिलो निसाना बनाएर भत्काउने काम स्तानीय प्रशासनले गर्नु पर्छ । गृहमन्त्रालयले दिएको आदेश स्थानीय प्रशासनको लागि बाध्यकारी हुन सक्छ स्थानीय प्रशासनको आ“खा वनखेतको आवासीय क्षेत्रमा जानु पर्छ । गृहमन्त्रालयले आदेश तथा सूचना जारी गरे पछि भाडा उठाएर खाइराखेका निकायहरु पनि आप्mनो स्वामित्वको जमिन खालि गराइ माग्न जिल्ला प्रशासन धाउने र हटनु पर्ने सूचना लागाउने काममा लागेका छन् । बाल मन्दिर बाल संगठनले आफ्नो जमिनमा बस्दै आएका खोका छाप्रा व्यवसायीलाई खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । बाल मन्दिरले २०५४ मा लिजमा जमिन दिएपछि खोका छाप्रा सञ्चालनमा आएका हुन् । विधिवत रुपले आफै भाडामा लगाउने र पक्की संरचनाहरु बनाउन दिने, व्यापार व्यवसाय संचालन गर्न दिने र अहिले आएर अतिक्रमण भयो भन्नु उचित हुदैन ।

विगतको समितिले दिएको भाडाको जमिन अहिलेको समितिले आप्mनो प्रयोजनका लागि खाली गराउन पउन सक्छ । तर त्यसको पनि सम्झौताको प्रकसति के छ के भने भाडामा दिइएको हो सबै कुराको छिनो फानो गरेर उपयुक्त समय दिएर खालि गर्न लगाउन सक्छ । गृहमन्त्रालयको निर्देशनलाई टेकेर आफैले भाडामा दिने आफैले सूचना जारी गरेर हटाउन गारो विषय हो । त्याहा वसोवास गर्दै आएका जाहान परिवार सहितको समुदाय कहा जाने भन्ने विषयमा पनि सोच्न जरुरी छ । त्यस्तै अहिले खाद्या सामाग्री तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा आएको तर विगतमा नेशनल ट्रेडिंगको नाममा रहेको जमिन पनि त्यतिबेला व्यवसायीहरुलाई व्यवसायिक प्रयोजनकै लागि भाडामा दिएको हो । भाडामा दिएको जमिनमा संरचना कस्तो प्रकारको बनाउन दिने कति वर्षको लागि भाडामा दिने भन्ने कुरा उल्लेख भएको हुनु पर्ने हो । अहिले त्यो जमिनमा पक्की संरचनाहरु निर्माण गरेर व्यवसायीहरुले आ–आप्mनो व्यवसाय गरि राखेका छन् ।

केही वर्षमा खालि गराउने उदेश्यले भाडामा दिएको जमिनमा यस्ता पक्कि संरचनाहरु बनाउन नदिनु गर्ने हो र अहिले लाखौ रुपया“ खर्च गरेर पक्कि संरचना बनाएर व्यवसाय गरि राखेको अवस्थामा एक्कासी हटाउने कुराले व्यवसायीहरु मारमा पर्न सक्छन् र त्यस तर्फ पनि सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । अतिक्रमण भनेको पुरानो वसपार्क क्षेत्र, सडकको छेउ र केही सरकारी जमिन मात्र छन् । सम्बन्धित क्षेत्रहरुको पहिचान गरेर अतिक्रण हटाउन उपयुक्त हुने छ ।

Himal dental
सम्बन्धित
Loading...