ghar sansar

भीनपा १६ को सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सञ्चालन, मेयर बोगटीले गरे उद्घाटन

वडा अध्यक्ष विष्ट भन्छन्– बजार धाउनु पर्ने बाध्यता हट्यो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ वसन्तपुरस्थित सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य केन्द्रमा सञ्चालित बर्थिङ्ग सेन्टरलाई मध्यनजर गरी प्रयोगशाला सेवा सञ्चालनमा आएको हो ।

यस अघि महेन्द्रनगर बजार आएर बर्थिङ्ग सेन्टरमा आउने महिलाहरुको रगत लगायतका अन्य जाँचका हुने गरेको थियो । बुधबार केन्द्रमा प्रयोगशाला सेवा सञ्चालन भएपछि बजार आउनु पर्ने पर्ने बाध्यता हटेको छ ।

भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिंह विष्टले बर्थिङ्ग सेन्टरलाई प्राथमिकता दिएर प्रयोगशाला सेवा सञ्चालन गरिएको बताए ।

‘बुर्थिङ्ग सेन्टरमा आउने महिलाको रगत लगायत अन्य जाँचका लागि बाहिर जानु पथ्र्यो, यहाँबाट आउँदा जाँदा ढिलो हुन्थ्यो; उनले भने, ‘त्यसैलाई लाई प्राथमिकता दिएर यो ल्याब सेवा सञ्चालन गरेका छौ ।’

dirghayi clinic

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले बुधबार ल्याब उद्घाटन गरेका छन् । उनले प्रयोगशाला सेवा व्यवस्थथित बनाउन नगरपालिकाबाट सहयोग गर्ने बताए ।

भीमदत्तका ृउप मेयर निलम लेखक जोशी, नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा १३ का अध्यक्ष राम बहादुर बोहरा, भीनपा ४ का अध्यक्ष सुशिल कुमार भट्ट, रद्रध्वज गणका मजेर नविन बोहरा, सशस्त्र प्रहरीको मझगाउँ क्याम्पका डिएसपी नविन चन्द, काँग्रेसका कार्य वाहक वडा सभापति धर्मराज उपाध्यय, एमालेका जयराज भट्ट, रप्रपाका मुकुन्दराज अवस्थी, भीनपा स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशी, सहरी स्वास्थ्य केन्द्र प्रमुख तोयराज भट्ट लगायतका जनप्रतिनिधि, कर्मचारी सहभागी भएका छन् ।

भीनपा १६ का वडा अध्यक्ष विष्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । प्रयोगशाला सेवाका लागि नगरपालिकाले जनशक्ति व्यवस्थापन गरेको छ । अहिले प्रयोगशालाका लागि ल्याब टेक्निसियन नियुक्त गरिएका छन् । ‘अहिले एक जना ल्याब टेक्निसियन भीमदत्त नगरपालिकाबाट व्यवस्था गरिएको छ’ वडा अध्यक्ष विष्टले भने ।

सहरी स्वास्थ्य केन्द्रमा २०७४ देखि बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको हो । वडा अध्यक्ष विष्टले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क र त्यस बाहेक अन्यलाई सरकारले तोकेको शुल्क अनुसार शुल्क लिएर ल्याब सेवा दिइने बताए ।

प्रयोगशाला सेवाबाट १६ नम्बर वडा सहित १३,१४,१७, १२ र ११ नम्बरका वासिन्दाले सेवा लिन भीनपा १६ का वडा सदस्य महेन्द्र प्रसाद भट्टले बताए । वडा सदस्य भट्टले ल्याबमा मेलरिया, डेंगु लगायतका रोगको निःशुल्क जाँच गरिने जानकारी दिए ।

भीमदत्त नगरपालिकामा १० नम्बर वडापछि बर्थिङ्ग सेन्टरमा प्रयोगशाला सेवा सञ्चालनमा आएको हो । भीमदत्तमा वडा नं. १६, ९ र १० मा बर्थिङ्ग सन्टर छन् ।

 

Himal dental
सम्बन्धित
Loading...