ghar sansar

चिन्ताको विषय

Amity

कंचनपुर जिल्लामा लागु औषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ । प्रहरीले बुधबार एकै दिनमा कैलाली र कञ्चनपुरबाट १० जानालाई पक्राउ गरेको छ यो चिन्ताको विषय हो । खुला सीमानाका कारण भारतबाट लागुऔषध भित्रिने गरेको छ । अहिले कंचनपुरमा लागुऔषधको प्रयोगको संख्या दिन प्रति दिन बढदै गएको पाइन्छ । कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरु ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । सीमावर्ती भारतीय बजारवाट ब्राउन सुगर लगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको हुन सक्छ । लागु पदार्थ ल्याएर बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा नल्याएसम्म यो समस्या बढदै जाने देखिन्छ ।

लागुऔषधको कारोवार गर्ने गिरोहले किशोर किशोरी र यवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ । लागु पदार्थको कारोवारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरुको संलग्नता रहेको हुनसक्छ यस्तो गिरोहहरु पक्राउ नगरेसम्म सेवन गर्नेहरुलाई मात्र पक्राउ गरेर समस्याको समाधान हुदैन । अहिले प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरि राखेको छ । यसको कारोबारमा संलग्न मूख्य नाइकेहरुको खोजी हुन जरुरी छ । प्रहरीले ठूलो परिणममा कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिहरुलाई समातेर कारवाही गर्न सकेको छैन । प्रयोगकर्ता र सानो मात्रा लागुऔषध बोक्नेहरुस“ग लागुपदार्थ फेला पर्ने गर्छ र त्यही लागुऔषध भेट्टाएको व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । तर ठूलो मात्रामा लागुऔषध भारतबाट नेपालल्यउने कारोवार गर्ने गराउने मुख्य गिरोहका व्यक्तिहरुसम्म प्रहरी पुग्न सकेको छैन । जबसम्म प्रहरी मुख्य गिरोहसंग पुग्दैन तबसम्म यो समस्या दिनप्रति दिन बढदै जाने देखिन्छ ।

lotus institite

लागुऔषध प्रयोग गर्ने युवाहरुकै कारण हत्या, लुटपाट, चोरी, डकैती जस्ता अपराधका घटना बढ्दै गएको भन्ने भनाइ प्रहरीको छ । लुटपाट, चोरी, डकैती लगायतका घटनामा लागु पदार्थ प्रयोग कर्ता संलग्न रहने र आप्mनो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरु जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीले बताउने गरेको छ । लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ भन्ने कुरा प्रहरीले एकै दिनमा दर्जन बढी व्यक्तिलाई पक्राउ गर्ने गरेको घटनाले पुष्टि गरेको छ । तर यसको नियन्त्रण र रोकथाम गर्ने सम्पुर्ण जिम्मेवारी प्रहरीको मात्र होइन । यसको लागि सिंगो समाज जागनु पर्छ र अभिभावकले आप्mना छोराछोरी प्रति निगरानी गर्नु पर्छ । अभिभावकले आप्mना छोराछोरी काहा जान्छन् को कोसंग जान्छ उनीहरुको आनीबानी कस्तो छ भन्ने कुरोको निगरानी नगर्ने एकैचोटी प्रहरीले पक्राउ गरे पछि मात्र थाहा पाउने प्रवृतिले यो समस्या बल्झिदै गएको छ । सबै अभिभावकले आ–आप्mना नानी बमबुहरुको उचित रेखेदेख गर्ने हो भने यो विकराल अवस्था हाउने नै थिएन । भिभावकले आ–आप्mना नानी बमबुहरुको नराख्नाले लहलहीमा लागेर लागुऔषध दुर्व्यसनको दलदलमा फस्ने गरेका छन् । लागुऔषधको बढ्दो प्रयोग समाज र सबैका लागि ठूलो चुनौती र चिन्ताको बिषय बनिसकेको छ ।

Himal dental
सम्बन्धित
Loading...