ghar sansar

भगतपुर निम्बुखेडा खानेपानी उपभोक्ता समितिको निवर्तमान समितिलाई सम्मान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीस्थित भगतपुर निम्बुखेडा खानेपानी तथा उपभोक्ता सरसफाई समितिले निवर्तमान समितिका पदाधिकारी र सदस्यलाई सम्मान गरेको छ ।

खानेपानी कार्यालयमा कार्यक्रम गरी वर्तमान समितिले गणेश धामी नेतृत्वको निवर्तमान समितिलाई सम्मान गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष दान सिह खडायत सहितले निवर्तमान समितिका अध्यक्ष धामी सहितलाई टिका लगाएर दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

Anant bahu travels

समितिका अध्यक्ष खडायतको अध्यक्षतामा गरिएको कार्यक्रममा संघीय खानेपानी आयोजना इकाई कार्यालयका इन्जिनियर पवन भट्ट प्रमुख अतिथि थिए । कार्यक्रममा निवर्तमान समिति अध्यक्ष धामी सहित कोषाध्यक्ष माया नेगी लगायतका पदाधिकारी र सदस्य सहभागी भए ।

समितिका सचिव नर बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा निवर्तमान समितिका अध्यक्ष धामीले निवर्तमान समितिलाई सम्मान गरेकोमा धन्यवाद दिए । कार्यक्रममा भीनपा १८ का वडा सदस्य हेम बहादुर वस्नेतले सम्मान कार्यक्रम राम्रो थालनी भएको बताए ।

dirghayi clinic

भीमदत्त नगरपालिका १८, २ र १५ नम्बर वडाका एक हजार तीन सय परिवारलाई शुद्ध खानेपानी सुविधा पुगाउन योजना सञ्चालन गरिएको हो । समितिले हालसम्म ९ सय बढी घरधुरीलाई खानेपानी सुविधा पुगाएको छ ।

समितिका अध्यक्ष खडायतले यस वर्ष अढाई सय धारा थप जडान गर्ने लक्ष्य लिइएको बताए । उनले खानेपानीमा चुनाको समस्या देखिएकाले जिओलाइट प्रविधि जडानका लागि बजेट जुटाउन विभिन्न निकायसित पहल गरिएको बताए ।

‘यी खानेपानी आयोजना सबैमा एक खालको चुनाको समस्या ठूलो छ, यो समस्या हाम्रोमा पनि छ,’ अध्यक्ष खडायतले भने,‘जिओलाइट फिल्टर यसका लागि चाहिन्छ, यो महँगो छ, एक करोड जति पर्छ’ उनले भने,‘समितिले किन्न सक्ने अवस्था छैन, त्यसका लागि विभिन्न निकायसित धाई रहेका छौ ।’

अध्यक्ष खडायतले स्थानीय, प्रदेश र संघ सरकारलाई सहयोगका लागि आग्रह गरिएको बताए ।

खानेपानी समितिका कार्यालयका प्रमुख सरस्वती पाण्डेयका अनुसार खानेपानी वितरणका लागि चार लाख ५० हजार लिटर क्षमताको ओभर टयाङ्की बनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...