ghar sansar

साँकेतिक भाषा, हाम्रो पहिचान

khasi

-सुमित्रा थापा

श्री अमर शहीद आधारभूत विद्यालय भीमदत्त नगरपालिका वडा नं. १८ जनकी टोल कञ्चनपुरमा समाहित शिक्षा अन्र्तगत सञ्चालित बहिरा तथा सूस्त श्रवण स्रोत कक्षामा अपाङ्गता भएका बहिरा बालबालिकाहरुलाई बि.सं. २०७२ सालदेखि कक्षा १–५ सम्म साँकेतिक भाषामा पठनपाठन हुँदै आएको छ । यस विद्यालयमा उपयुक्त शैक्षिक वातावरण, र बालबालिकाहरुलाई सहज बसाई र कक्षा कोठा तथा खेल मैदानको व्यवस्था गरिएको छ । हाल यस स्रोत कक्षा तीन जना स्रोत शिक्षक तालिम प्राप्त छन् भने एक जना आया(केयर टेकर) को व्यवस्था रहेको छ ।

dirghayi clinic

यस विद्यालयमा बहिरा विद्यार्थी संख्या ३० जना रहेको छ भने वर्षैपिच्छे विद्यार्थी संख्या बढ्ने क्रम जारी छ । यस विद्यालयमा सुस्त श्रवण बालबालिकाहरुका लागि आधुनिक सुविधा सम्पन्न छात्राबासमा निःशुल्क आवाशीय सुविधा रहेको छ । यस छात्राबासमा केटा र केटीको लागि छुट्टाछुट्टै सुत्ने व्यवस्था रहेको छ । यस विद्यालयमा खान, बस्न, पाठ्यपुस्तक, ड्रेस र शैक्षिक सामाग्रीको निःशुल्क व्यवस्था गरिएको छ । बालबालिकाहरुलाई जीवनोपयोगी तथा व्यवसाय मुलक सीप सिकाउने गरिएको छ । यस विद्यालयमा दक्ष तथा तालिम प्राप्त साँकेतिक भाषाका शिक्षकहरुबाट चार्ट, चित्र, अभिनय लगायत सिकाईका लागि आधुनिक शिक्षण विधिको प्रयोग हुँदै आएको छ । विद्यालयमा समय समयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । जसबाट विद्यार्थीहरुमा पढाईका साथै सिकाई अभिवृद्धि बढेको छ । विद्यालयमा बालबालिकाहरुलाई खेल्ने पिङ, डोरी, ढिकीच्याउ जस्ता खेल सामाग्रीको सुविधा रहेको छ । छात्राबासमा बालबालिकाहरुका लागि टिभीको व्यवस्था हुनुको साथै खाली समयको सदुपयोग गर्न कम्प्यटुर, सिलाई मेसिन, फूलबारी निर्माण, करेसाबारी निर्माण जस्ता कार्य गर्न अभिप्रेरित गर्ने गरिन्छ । अपाङ्गता भएका बालबालिकाहरु अझै पनि गाउँ घरमा रहेका छन् । विद्यालय भर्ना हुन सकि रहेका छैनन् । आफ्नो गाउँ ठाउँ छर छिमेकमा रहेका अपाङ्गता भएका बहिरा बालबालिकाहरुको अभिभावकहरुलाई सचेत गराई उनीहरुलाई विद्यालयमा भर्ना गरी भविष्य सुनिश्चित गर्न हामीहरुको कर्तव्य हुन आउँछ ।

रमणीय वातावरण, चिल्ड्रन गार्डन, विद्यालयमा घेर पर्खाल, आधुनिक गेट, बालबालिका प्रवेश गर्छन् भने अनुमति लिएर गेट खोल्ने व्यवस्था गरिएको छ । सम्पूर्ण विद्यालयमा सिसीटिभी क्यामेराको सुरक्षा छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसंगै पक्की सडक जोडिएको छ । शुद्ध पिउने पानी,विद्यालय प्रवेश र कक्षा कोठा प्रवेश गर्दा हात धुने व्यवस्था गरिएको छ । विद्यालय हातामा छात्राबासका तीन ओटा अलग अलग शौचालय छन् । दुई ओटा हेण्डपम्पमा मोटर जडान गरिएको छ । बालबालिकाहरुलाई शैक्षिक अवलोकन भ्रमण, वनभोज, उत्सव, जात्रा, चाडपर्व अवलोकन गराइन्छ भने वहाँहरुसंगै विद्यालयमा भेटौलो, गोरा देउडा, देउसी, होली पर्वहरु मनाइन्छ । विद्यार्थी, अभिभावक, शिक्षक विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत विद्यालयका छिमेकीहरुको उत्साहपूर्ण सहभागिता रहने गरेको छ ।

स्रोत कक्षाबाट उत्तीर्ण सफल विद्यार्थीहरुमा हिनताबोध हुँदैन, उत्साह जाँगर र हौसला बोकेर समाजमा आत्मनिर्भर भएर जीविकोपार्जन गर्छन् । सिलाई, पेन्टर, चित्र, कलाकार, कम्प्युटर टाइपिष्ट, कारपेन्टर, सिकर्मी, डकर्मी, होटल वेटर र दोभाषे लगायतका काममा अब्बल सावित भएका छन् । अभिभावकहरुमा खुसीका साथ साँकेतिक भाषाको यस विद्यालयमा आफ्ना बालबालिका पढाउने गरी भर्ना गर्र्नेको चाप बर्सेनी बढ्दै गई रहेको छ ।

(लेखक अमर शहीद आधारभूत विद्यालयका स्रोत शिक्षक हुन् ।)

Himal dental
सम्बन्धित
Loading...