एन प्याब्सन कञ्चनपुरको नेतृत्वका लागि केन्द्रीय सदस्य सहित तीन जना दाबेदार, सहमति जुटाउने प्रयास

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) को छैँठौ जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य नै जिल्ला नेतृत्वका दाबेदार भएपछि सहमति जुटाउने प्रयास निरन्तरता दिइएको छ ।

होटेल चेतनमा शनिबार उद्घाटनपछि बसेका बन्द सत्रले नयाँ समिति चयनको प्रक्रिया अघि बढाएको हो । जिल्ला अध्यक्षमा केन्द्रीय सदस्य सत्येश बहादुर चन्द, जिल्ला सचिव बलदेब भट्ट र बीर बहादुर चन्दले दाबेदार छन् ।

उनीहरुबीच सहमति जुटाउन अहिले रातिसम्म छलफल जारी छ । अध्यक्षका दाबेदार बीर बहादर चन्द पाँचौ अधिवेशनमा अध्यक्षमा पराजित भएका हुन् । यसैगरी अर्का दाबेदार भट्ट पाँचौमा सचिव निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य चन्द अध्यक्षका लागि दाबेदार भएपछि प्याब्सन अधिवेशनका प्रतिनिधिहरु छक्क परेका छन् । छैठौ अधिवेशनबाट सर्वसम्मत जिल्ला समिति बनाउने गरी छलफल गरिएका थिए ।

सम्बन्धित
Loading...