
होली क्रिकेट मैदानमा १२ दिने क्रिकेट ट्रेनिङ्ग र तेक्वान्दो प्रशिक्षण क्याम्प सुरु, चार सय खेलाडी सहभागी

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलको खेल मैदानमा १२ दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्प सुरु भएको छ ।
होली फेमली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रशिक्षण क्याम्पको सोमबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले क्याम्प उद्घाटन गरे ।

होली फेम्ली क्रिकेट एकेडेमीका उपाध्यक्ष महादेब प्रसाद भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा क्रिकेट संघका अध्यक्ष चन्द प्रमुख अतिथि थिए ।

कार्यक्रममा ज्ञानोदय पब्लिक एकेडेमीका संस्थापक हरि दत्त भट्ट, होली फेमली माविका संस्थापक आरती देवी बिष्ट, होली फेमलीका प्रिन्सपल खडक सिंह बिष्ट, ब्रह्मदेब चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल कृष्ण राज भट्ट, ज्ञानोदय पब्लिक एकेडेमीका प्रिन्सिपल गौरी दत्त भट्ट, अमरावती एकेडेमीका प्रिन्सिपल महादेव बिष्ट, होली टेम्पल इङ्गलिश मिडियम स्कुलका प्रिन्सिपल राजेन्द्र सिंह बिष्ट विशिष्ठ अतिथि थिए ।
होली फेमली क्रिकेट एकेडेमीका उपाध्यक्ष भट्टले क्याम्पमा चार सय जना सहभागी भएको जानकारी दिए । होली फेमली क्रिकेट एकेडेमीका प्रशिक्षक सन्तोष भट्ट र होली फेमली तेक्वान्दो डोजाङ्गका प्रशिक्षक गोविन्द थापा लगायतका सहभागी भएका छन् ।

हरि सिंह ठगुन्नाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमका वक्ताहरुले होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष एबम् होली ग्रुफ अफ स्कुलका चेयरमेन भुपाल सिह विष्टले खेलकूद क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गरे ।

विष्टले गत वर्ष क्रिकेट खेलको विकासका लागि कञ्चनपुर जिल्ला क्रिकेट संघसित सम्झौता गरेका थिए । संघसित सम्झौतापछि क्रिकेटको छनौट प्रतियोगिता होली फेमलीको खेल मैदानमा भएको थियो ।

कार्यक्रममा होली फेमली क्रिकेट एकेडेमीका उपाध्यक्ष भट्टले एकेडेमीले खेलकूद क्षेत्र विकास र प्रद्धर्वनका लागि कार्यक्रम गर्दै आएको उल्लेख गर्दै क्रिकेट खेल मैदानमा बनाईएको र त्यसमा आधुनिक प्रविधि र यन्त्रको प्रयोग गरिएको बताए ।
होली क्रिकेट एकेडेमी र होली तेक्वान्दो डोजाङले उत्पादन गरेका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सहभागी भएको बताए ।

होली क्रिकेट एकेडेमीका अध्यक्ष तथा होली फेम्ली ग्रुफ अफ स्कुलका चेयरमेन विष्टले शिक्षा तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुगाएको उल्लेख गर्दै उनले १२ दिने क्याम्पबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धा खेल्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।
‘होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष भुपाल सिंह बिष्टज्यूले आफ्नो लगानी र समय यस क्षेत्रमा रहेका बाल बालिकाहरुको शिक्षामा गुणस्तरता र खेलकुदमा विभिन्न स्रोत साधनका साथ खेलाडीका प्रतिभाहरुको पहिचान गरी उनीहरुलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुगाउन महत्वपूर्ण योगदान दिनु भएको छ’ उनले भने, ‘१२ दिने क्याम्पको समापन भव्यता साथ गरिने छ, क्याम्पबाट प्रशिक्षार्थीहरुलाई राम्रो उपलब्धि हुनेमा विश्वस्त छौ ।


