ghar sansar

एमाले केन्द्रीय सदस्य धामी भन्छन्– अब गुट रहित र अन्तर विरोध हल गरी एक ढिक्का हुन्छौ, मिसन ८४ मा पहिलो दल हुन्छ

little buddha academy
khasi

महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य नर बहादुर धामीले नवौ जिल्ला अधिवेशनबाट महिलाले नेतृत्व पाएपछि एमाले समावेशी र उचित मूल्याङ्कन गर्ने दल भएको सन्देश प्रवाह भएको बताएका छन् ।

एमाले कञ्चनपुरको बिहीबार बसेको पूर्ण जिल्ला कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

,orning glory badhai

‘सबैको चित्त बुझाएर पार्टीलाई एक ढिक्का, मिसन ८४ मा केन्द्रित हुने गरी बलियो पार्टी बनाउने लक्ष्य उद्देश्यका साथ अधिवेशनम सर्वसम्मत भो, पहिलो पटक महिला अध्यक्ष हुनु भयो’ उनले भने,‘यसले उत्साह जागेको छ, महिला पनि नेतृत्व लिन सक्छन् भन्ने सन्देश गएको छ, एमाले विभेद गर्ने विभेदकारी दल होइन भन्ने स्पष्ट भएको छ, समावेशी पार्टी र उचित मूल्याङ्कन गर्छ भन्ने सन्देश दिएको छ ।’

एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट गत महिना लक्ष्मी बुढाको नेतृत्वमा सर्वसम्मत जिल्ला कमिटी चयन गरिएको थियो । एमाले अध्यक्षतात्मक प्रणाली गएपछि कञ्चनपुरमा पहिलो पटक जिल्ला अधिवेशन सर्वसम्मत भएको हो ।

केन्द्रीय सदस्य धामीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरी पूर्ण बैठकका निर्णय सार्वजनिक गरिएका छन् । उनले कञ्चनपुरका ठूला विकास योजना निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।

‘पार्टी सरकारमा हुँदाहुँदै पनि बैठकले विभिन्न मागहरु गरेको छ, पार्टी एउटा कुरा हो, राज्य सत्ता स्थायी हो, त्यसैले राज्यसित पार्टीले विभिन्न माग राखेको छ, ती माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदछौ’ उनले भने ।

dirghayi clinic

केन्द्रीय सदस्य धामीले महाकाली सिँचाई आयोजना तेस्रो चरण, छेला औद्योगिक क्षेत्र, महाकाली कोरिडोर, दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्यलाई सरकारले प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

महाकाली सिँचाई अयोजना तेस्रो चरणलाई तीव्र गतिमा अघि बढाउनु पर्ने केन्द्रीय सदस्य धामीको भनाई थियो । पश्चिम तराईको कैलाली र कञ्चनपुरका ३२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगाउने तेस्रो चरणलाई २०७८ मा राष्ट्रिय गौरबको आयोजना घोषणा गरिएको थियो ।

‘३२÷३३ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुगाउने यति ठूलो तेस्रो चरणको आयोजना छ, यसको काम तीव्र गतिमा अगाडि बढाउन सरकारले गम्भीर हुनु पर्छ’ उनले भने,‘रुख कटान लगायतका समस्या देखिएका छन्, ती समस्या हल गर्नु पर्छ ।’

छेला औद्योगिक क्षेत्र शिलान्यास भए पनि काम अघि बढ्न नसकेकोमा धामीले असन्तुष्टि पोखे । ‘२२ हजार जनाले रोजगारी पाउँछन्, ५ हजार उद्योग सञ्चालन हुने छन्, यो ९ अर्ब सरकारको बजेटमा बन्ने योजना हो, शिलान्यास भएपछि काम अघि बढेको छैन’ उनले भने,‘यो योजनाको कामलाई पनि छिटो भन्दा छिटो अघि बढाउनु पर्छ ।’

दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबाट लाइफलाइन भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको कायापलट हुने बताए ।

नवौ अधिवेशनपछि कञ्चनपुरमा एमालेलाई गुट रहित, अन्तर विरोध हल गरी पार्टीलाई एक ढिक्का बनाएर मिसन ८४ मा पहिलो बन्ने लक्ष्य लिएर अघि बढेको बताए । ‘अहिले पार्टीलाई बलियो बनाएर मिसन ८४ मा पहिलो पार्टी बनाउँछौं’ उनले भने ।

प्रेस चौतारी कञ्चनपुरले गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कृपाराम राना, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट, उप सचिव राजीव खड्का, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बचन बहादुर सिह लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...