एमालेमा अब यो वा त्यो लाइन भन्ने हुँदैन : अध्यक्ष बुढा

महेन्द्रनगर । एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले गुटबन्दी नगरी पार्टीलाई एक ढिक्का र बलियो बनाइने बताएकी छन् ।

एमाले पार्टी कार्यालयमा बिहीबार जिल्ला कमिटी पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पार्टीलाई बलियो बनाउने जिल्ला अधिवेशन सर्वम्मत गरिएको उल्लेख गरिन् ।

‘यो लाइन , त्यो लाइन भनेर होइन, एक ढिक्का र बलियो पार्टी बनाउने गरी लाग्छौ’ अध्यक्ष बुढाले भनिन् ।

जिल्ला अधिवेशनको मर्म अनुसार जिल्ला कमिटीको बिहीबार बसेको पहिलो पूर्ण बैठकमा पनि सर्वसम्मत जिम्मेवारी बाँडफाँट लगायतका निर्णय गरिएको अध्यक्ष बुढाले बताइन् ।

आगामी निर्वाचनमा एमालेको बहुमतको सरकार बनाउने अघि बढ्ने उनले बताइन् । स्थानीय कमिटीका कामकाजलाई अघि बढाउने र जनजीविकासित जोडिएका समस्या, विषय समाधानका लागि सरकारसित पहल गरिने धारणा राखिन् ।

प्रेस चौतारी कञ्चनपुरले गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कृपाराम राना, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट, उप सचिव राजीव खड्का लगायतका नेता सहभागी भएका छन् ।
पत्रकार सम्मेलनमा सचिव भट्टले जिल्ला कमिटीका बैठकका निर्णयहरु सार्वजनिक गरेका थिए ।

सम्बन्धित
Loading...