ghar sansar

दुई लाख मूल्यको भन्सार छलीको समान बरामद

khasi

महेन्द्रनगर । कैलाली र कञ्चनपुरबाट झण्डै दुई लाखका सामान बरामद गरिएको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका–१७ मझगाँउ चोक नजिकबाट र बेलौरी नगरपालिका–२ थापाचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४६ हजार ५४४ मूल्यको खाने तेल, मिठाई, बिडी, बेसन, फ्रिज, डिउ लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट, भजनी नगरपालिका–५ हलौनाघाट र गोदावरी नगरपालिका–३ चौकीडाडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ४३ हजार १४४ मुल्यको सामान बरामद गरिएको हो ।

उक्त मुल्य बराबरको चिनी, प्याज, चप्पल, डाल्डा, ट्याक्टरको टायर, ट्युब, अचार लगायतका सामान शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...