
महेन्द्रनगर । दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् । दीपेन्द्रले ओमानमा भइरहेको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्ध समूहचरणको खेलको अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।
मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं खेलाडी हुन् ।

यसअघि दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को एक दिवसीय विश्वकपमा नेदरल्यान्ड्स विरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ को ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्ड विरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए ।
