ghar sansar

नाउपाको झगडा मुख्यमन्त्री दावीमा छताछुल्ल

महेन्द्रनगर । नागरिक उन्मुक्तिभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच बढेको किचलो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दावीमा छताछुल्ल पोखिएको छ । उन्मुक्तिका संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठका पक्षका साँसदले छुट्टाछुट्टै गठबन्धनमा सहभागी भएर मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार गठनलाई लिएर उन्मुक्तिभित्र किचलो बढेको थियो । उन्मुक्तिका चौधरी र अध्यक्ष श्रेष्ठ लोग्ने स्वास्नी हुन् । उनीहरुबीच दुई दिन अघि विवाद मिलेको दावी गरिएको थियो ।

उन्मुक्तिका संरक्षक चौधरी पक्षका लक्ष्मण किशोर चौधरी र अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । संरक्षक चौधरीले काँग्रेस र समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेको छ । अध्यक्ष पक्षका चौधरीले एमाले, माओवादी र स्वतन्त्र साँसदको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेको हो ।

मुख्यमन्त्रीमा दुई जनाको दावी परेपछि प्रदेश प्रमुखले मंगलबार सांसदहरूको लाइन लगाएर सनाखत गर्ने तयारी गरेका छन् । अहिले सुदूरपश्चिम प्रमुख कानुनी परामर्शमा लिइ रहेका छन् ।

सत्ता गठबन्धन आवद्ध एकीकृत समाजवादीले काँग्रेस सहितको गठबन्धलाई साथ दिएको छ । समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई गठबन्धनको निर्णय विपरित नजान अध्यक्ष माधव कुमार नेपालले निर्देशन दिएका छन् ।

मंगलबार सनाखत गरी मुख्यमन्त्री कसलाई नियुक्त गर्ने विषयमा निर्णय लिने मनसाय प्रदेश प्रमुखले बनाएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचीव शैलेश ढुङ्गानाले बताए ।

Himal dental
सम्बन्धित
Loading...