

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष बेग्लाबेग्लै दाबी पेस गरे पछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको बन्ने अन्योल भएको छ । केन्द्रमा एमाले–माओवादी सहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएको छ । एकीकृत समाजवादीको यो कदमले सत्ता साझेदार गठबन्धन भित्रको राजनीति तरंगित भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेर संसदिय दलको नेताको हस्तक्षर सहित चौधरीको समर्थन गरेको छ ।

लक्ष्मण चौधरी नाउपा नेता रेशम चौधरी पक्षधर हुन भने नाउपा अध्यक्ष रञ्जिता चौधरी पक्षका तर्फबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । लक्ष्मण चौधरीले आइतबारै मुख्यमन्त्रीमा नेपाली कांग्रेससहित एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका छन् । नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको दावी सहित लक्ष्मणले प्रदेश प्रमुखसमक्ष पेश गरेका छन् । त्यस्तै नाउपा अध्यक्ष रञ्जिता चौधरी पक्षका तर्फबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीबाहेकका सत्ता गठबन्धन दलहरूले समर्थन गरेका छन् ।
कैलाश चौधरीले नाउपाका ६ जना, माओवादी केन्द्रका १० जना, १० जना एमालेका र एक जना स्वतन्त्र गरी २७ जना सांसदको बहुमत रहेको दाबी गरेका छन् । तर अध्यक्ष रञ्जिताको पक्षमा २ र रेशमको पक्षमा ४ जना नाउपा प्रदेश सभामा सदस्य छन् । मुख्य मन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अध्ययन गरेर आवश्यक परे मतदातालाई सरसरी उपस्थित गराएर निक्र्यौल गर्ने बताएका छन् । नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी पक्षका ४ सांसद नेपाली कांग्रेससहितको सरकार बनाउने पक्षमा रहँदै आएका थिए भने रन्जिता श्रेष्ठ पक्ष दुई सांसद नयाँ गठबन्धनमा जाने अडानमा छन् । नवगठित केन्द्रीय सत्ता गठबन्धन विपरीत सुदूरपश्चिममा समाजवादीले कांग्रेससहितको सरकार गठनको प्रयास गरेको छ ।
नागरिक उन्मुक्ति सुरुदेखि नै विभाजित छ । नागरिक उन्मुक्तिको एउटा समूहले नवगठित केन्द्रीय सत्ता गठबन्धनकै सरकार गठनको प्रयास गरेको छ भने अर्को समूहले कांग्रेससहितको गठबन्धनको प्रयास गरेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले निलम्बित गरेकी छन् । अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराएकी हुन् । कैलाश अध्यक्ष श्रेष्ठनिकट नेता हुन् । तर घनश्याम चौधरीनिकट छन् । नाउपाको विवादले सिंगो मुलुकको राजनीत आन्योलमा परेको छ । नाउपा भित्रको विवाद, गृहमन्त्रीको विवाद र सामाजवादीको निर्णले सत्ता गठबन्धन नै अन्योलमा छ ।
