भीमदत्तमा कोटेशन रोक्ने हाकिमको निर्देशनले मेयरको सचिवालय र उप मेयरलाई झट्का

Amity

कमहेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहमदुर बलमे सोझै खरिद(कोटेशन) वितरण कार्यलाई नियन्त्रण गर्न सम्बन्धित शाखालाई निर्देशन दिएका छन् ।

अख्तियारले केही महिना अघि पठाएको पठाएको २२ बुँदे निर्देशन अनुसार प्रमुख प्रशासकीय अधिकृत बमले कोटेशन वितरणलाई नियन्त्रण गर्न खोजेका छन् । उनी दुई महिना अघि मात्रै भीमदत्त आएका हुन् । अख्तियारको निर्देशन पालना गराउन प्रमुख प्रशासकीय अधिकृतमाथि दबाव परेको थियो । 

janjyoti campus

भीमदत्तका यस अघिका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीको कार्यकालमा अख्तियारको २२ बुँदे निर्देशन आएको थियो । अख्तियारको निर्देशनपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गौलीले नगरपालिकाका सबै राजनीतिक नियुक्ति खारेज गरि दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत बमले ठेक्का र उपभोक्ता समितिलाई प्राथमिकता दिएर योजना सम्झौता गर्न योजना तथा प्राविधिक शाखालाई मौखिक निर्देशन दिएका छन् । आर्थिक वर्षको अन्त्यमा योजना सम्पन्न गर्न समय अपुग हुने अवस्था अवस्थामा भने कोटेशन दिन सकिने बमको निर्देशन छ । 

प्रमुख प्रशासकीय अधिकृतले कोटेशन नियन्त्रण गरी ठेक्कापट्टा र उपभोक्ता समितिसित योजना सम्झौता गरी सम्पन्न गर्न निर्देशन दिएको प्राविधिक शाखाले प्राविधिकले बताए ।

‘लिखित रुपमा मौखिक रुपमा कोटेशन नियन्त्रण गर्नु पर्छ भन्नु भएको हो, आर्थिक वर्षको अन्त्यमा समय नपुग्ने अवस्था आएछ भने कोटेशनमा काम गराउन सकिने हो, तर त्यस अघि ठेक्काट्टा र उपभोक्ता समिति गठन गरी योजना सम्पन्न गर्नु पर्ने कुरा गर्नु भएको छ’ एक प्राविधिले भने ।

भीमदत्तमा आर्थिक वर्ष सुरु भएपछि कोटेशन दिन थालिएको थियो । भीमदत्तका मेयर पदम बोगटीको सचिवालय र उप मेयर निलम लेखक जोशीको दबावमा कोटेशन वितरण हुँदै आएको छ । मेयर आडमा उप मेयरले कोटेशन वितरणका लागि हाकिमलाई निर्देशन दिएकी हुन् । हाकिमको निर्देशनपछि सचिवालय र उप मेयर दुबैलाई झट्का लागेको छ ।

उप मेयरले कोटेशन वितरणका लागि हाकिमलाई सिधैै निर्देशन दिने गरेको कर्मचारीहरु बताउँछन् । नयाँ हाकिम बम आएपछि उप मेयरको हस्तक्षेप थप बढेको उनीहरुको भनाई छ ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले डेढ वर्ष कार्यकालमा उप मेयर निर्देशनलाई वेवास्ता गरेका थिए । उनी स्थानीय सरकार सञ्चाल ऐनमा स्थानीय तह प्रमुखको कार्यकारी मेयरसित प्रमुख प्रशासकीय अधिकृत उत्तरदायी हुनु पर्ने व्यवस्था भएकाले उनी मेयरसित सल्लाह गरी अघि बढेका थिए ।

भीमदत्तमा कोटेशन पाउने अधिकाँश मेयर बोगटीको पार्टी काँग्रेसका नेता कार्यकर्ता छन् । उनीहरुमध्ये स्थानीय तह निर्वाचन लडेका केही नेताले पनि नगरपालिकाबाट कोटेशन लिएका छन् ।

सार्वजनिक खरिद ऐनमा १० लाखसम्मको काम कोटेशनबाट गराउने सकिने व्यवस्था छ । कोटेशनबाट ३० प्रतिशतसम्म कमिशन आउने कर्मचारीहरु बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत बम प्राविधिकलाई निर्देशन दिएपछि काठमाडौं गएका छन् । भीमदत्तमा सरुवा भएपछि आएपछि उप सचिव बढुवा भएका बम नियुक्ति लिन काठमाडौं गएका हुन् ।

दार्चुलाबाट सरुवा भएर आएका बम भीमदत्त नगरपालिकाका वासिन्दा हुन् । अख्तियारको २२ बुँदे कार्यान्वयनका लागि उनले अग्रसरता देखाएका छन् ।

कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले अख्तियारको २२ बुँदे कार्यान्वयनका लागि केही दिन अघि भीमदत्तलाई माग पत्र बुझाएको बताए ।

‘हामीले माग पत्र बुझाएको हो, त्यसमा के भएको छैन, मलाई जानकारी भएन’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...