ghar sansar

होली फेमलीमा १२ दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्प समापन

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलको खेल मैदानमा सञ्चालित १२ दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्प सकिएको छ ।

होली स्पोर्ट एकेडेमी र होली क्रिकेट एकेडेमीले चैत २६ गते क्याम्प सुरु गरेका थिए । १२ दिनसम्म चलेको क्याम्पसका क्रिकेट र तेक्वान्दोका तीन सय खेलाडी सहभागी भएका छन् ।

lotus institite

क्याम्प शनिबार औपचारिक कार्यक्रम गरी समापन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।

कार्यक्रमको अध्यक्षतामा होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष एबम् होेली फेमली स्कुलका संस्थापक भुपाल सिह विष्ट गरे । कार्यक्रममा जनप्रतिनिधि, खेलाडी, प्रशिक्षक, शिक्षक, कर्मचारी, विद्यार्थी, स्थानीय सहभागी भए ।

कार्यक्रममा सुदूरपश्चिम सरकारका पूर्व मन्त्री रावलले होली फेमलीले खेलकूद विकासका लागि पुगाएको योगदान सराहनीय भएको उल्लेख गर्दै क्याम्पमा सहभागी खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गरी देश र समाजको नाम चिनाउन सक्ने बताए ।

‘यो क्याम्पमा सहभागी खेलाडी भोलि देश र समाजको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राख्न सक्छन्, यो होली फेमली स्कुल र होली क्रिकेट एकेडेमीले खेलकूदका लागि गरेको योगदान सराहनीय छ’ रावलले भने ।

कार्यक्रममा भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्द, कराँते प्रशिक्षक बिमल खडायत, जिल्ला तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र केसी, कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सोनार लगायतले शुभ कामना मन्तव्य राखे ।

कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद भण्डारीलाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि रावल र होली स्पोर्टस एकेडेमीका अध्यक्ष विष्टले भण्डारीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

भण्डारी सहित धिरेन्द्र बहादुर चन्द, सन्तोस भट्ट लगायतले क्याम्पमा क्रिकेट प्रशिक्षण दिए । जिल्ला तेक्वान्दो संघका सचिव एबम् होली फेमली स्कुलका तेक्वान्दो प्रशिक्षक गोविन्द थापाले क्याम्पमा तेक्वान्दो प्रशिक्षण दिए ।

होली स्पोर्टस एकेडेमीका अध्यक्ष विष्टले शिक्षा र खेलकूदको विकास र प्रवद्र्धनका लागि एकेडेमी स्थापना गरिएको बताए । ‘शिक्षा र खेलकूद समाज र राष्ट्रका लागि निकै महत्वपूर्ण छन्, शिक्षा र खेलकूदलाई संगसंगै लैजान आवश्यक छ’ उनले भने,‘खेलकूल विकासका लागि कार्यक्रम गरि रहेका छौ ।’

उनले होली क्रिकेट एकेडेमीको प्रशिक्षण र होली फेमलीको खेल मैदानमा खेलेका खेलाडी अन्तर्राष्ट्रिय स्तरमा पुगेको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल्न सक्ने खेलाडी उत्पादनको लक्ष्य लिएर क्याम्प सञ्चालन गरिएको बताए ।

समापन कार्यक्रममा क्याम्पमा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा तेक्वान्दो खेलाडीले प्रदर्शन गरे । १२ दिने क्याम्पले सहभागीहरुको खेलकूदप्रति रुची बढेको र भविष्यमा खेलाडी बन्न प्रेरित गर्न सहयोगी हुने क्रिकेटका प्रशिक्षक धिरेन्द्र बहादुर चन्दले बताए ।

समापन कार्यक्रममा भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन सिह कार्की, ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द, ११ का वडा अध्यक्ष प्रकाश थापा, भीनपा १० का पूर्व वडा सदस्य भवान सिह ठगुन्ना, तेक्वान्दो प्रशिक्षक मोहन प्रताप गुरुङ्ग, सिद्धनाथ अमर मावि गड्डाचौकीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अशोक पाण्डेय लगायतका सहभागी भए ।

यसैगरी होली फेमलीका प्रिन्सपल खडक सिंह बिष्ट, ज्ञानोदय पब्लिक एकेडेमीका संस्थापक हरि दत्त भट्ट, ब्रह्मदेब चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल कृष्ण राज भट्ट, ज्ञानोदय पब्लिक एकेडेमीका प्रिन्सिपल गौरी दत्त भट्ट, अमरावती एकेडेमीका प्रिन्सिपल महादेव बिष्ट, होली टेम्पल इङ्गलिश मिडियम स्कुलका प्रिन्सिपल राजेन्द्र सिंह बिष्ट सहभागी भएका छन् ।

कार्यक्रममा होली स्पोर्टस क्लबका सचिव एबम् होली फेमली स्कुलका असिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले स्वागत मन्तव्य राखे ।

हरिश सिंह ठगुन्नाले कार्यक्रम सञ्चालन गरेका थिए । होली क्रिकेट एकेडेमी र होली तेक्वान्दो डोजाङले उत्पादन गरेका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सहभागी भएको होली स्पोर्टस क्लबका सचिव एबम् होली फेमली स्कुलका असिस्टेन्ट मेनेजर भट्टले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री रावलले बलर मेसिनको पनि उद्घाटन गरे ।

Himal dental
सम्बन्धित
Loading...