ghar sansar

महेन्द्रनगर आउन लागेका प्रधानमन्त्री दाहाललाई एमाले पूर्व साँसद भट्टले गराए तीन बुँदामा ध्यानाकर्षण

Amity

महेन्द्रनगर । एमाले पूर्व साँसद डा. दिपक प्रकाश भट्टले तीन बुँदे माग अघि सारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री दाहाल आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर आउन लागेपछि पूर्व साँसद भट्टले शनिबार तीन बुँदे माग अघि सारेका छन् ।

lotus institite

प्रधानमन्त्री दाहाल आइतबार विश्वविद्यालय कुलपतिको हैसियतमा दीक्षान्त समारोहमा सहभागी हुन लागेका छन् । महेन्द्रनगर कटानस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा दीक्षान्त समारोह आयोजनाको तयारी गरिएको छ ।

भट्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद हुन् । उनी २०७४ का आम निर्वाचनमा साँसद निर्वाचित भएका थिए । उनले आफ्नो कार्यकालमा अघि बढेका योजना सहित तीन बुँदे माग अघि सारेर प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा जलवायु परिवर्तन र वातारणीय अध्ययन सम्बन्धि नयाँ विषयको अध्यापन र अनुसन्धानका लागि विशेष केन्द्र स्थापना गर्नु पर्ने माग गरेका छन् ।

पूर्व साँसद भट्टले मझगाउँ विमानस्थल निर्माण सञ्चालन कार्य सुरु गर्न निर्देशन र महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजना सूचीकृत गरी माग र बहुवर्षीय बजेट सुनिश्चित गर्न पर्ने माग अघि सारेका हुन् ।

२०७४ मा उनी साँसद निर्वाचित भएपछि मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढेको थियो । २०५६ देखि विमानस्थल बन्द भएको थियो । नागरिक उड्डयन प्राधिकरणले निर्माण गरि रहेको निर्माण कार्य नेपाली सेनासितको जग्गा विवादका कारण रोकिएको छ । सेनाले आफ्नो जग्गा भन्दै विमानस्थल निर्माणमा अवरोध गर्दै आएपछि पछिल्लो पटक काम रोकिएको छ ।

महाकाली कोरिडोरको कञ्चनपुर क्षेत्र साँसद भट्टले अघि बढाएका थिए । वातावरणी प्रभाव अध्ययन हुन नसकेर वर्षौदेखि रोकिएको काम भट्टले सञ्चालन गरेका थिए । अहिले ब्रह्मदेबदेखि डडेल्धुरासम्म कोरिडोरको ट्रयाक खोलिएको छ ।

प्रधानमन्त्री एबम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति दाहलको अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिह रावत प्रमुख अतिथि छन् ।

Himal dental
सम्बन्धित
Loading...