ghar sansar

गेटामा चिकित्सा विश्वविद्यालय स्थापनाको काम द्रुत गतिमा अघि बढेको छ : प्रधानमन्त्री दाहाल

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित हुने बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय स्थापनाका लागि ऐन निर्माण लगायतका कार्य दु्रत गतिमा अघि बढेको उल्लेख गरे ।

,orning glory badhai

‘यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ’, प्रधानमन्त्रीले भने, ‘विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेका छन्।’

dirghayi clinic

दीक्षान्त समारोहको अध्यक्षतामा गरेका प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र तीव्र रूपमा रुपान्तरण गर्न वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यक पर्नेमा जोड दिए ।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनु प्रधानमन्त्री दाहालको जोड थियो ।

‘राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानु पर्ने छ, विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको छ’ उनले भने ।

प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताउँदै उनले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...