ghar sansar

कञ्चनपुरका पाँच राजनीतिक दलले प्रधानमन्त्रीलाई बुझाए सात बुँदे माग पत्र, भने– अभाव र सरकारी संयन्त्रको फितलो भूमिकाले विकास योजना अस्तव्यस्त

little buddha academy
khasi

महेन्द्रनगर । राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बजेट अभाव र सरकारी संयन्त्रको फितलो भूमिकाले विकास योजना अस्तव्यस्त बनेको दुखेसो पोखेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहाललाई आइतबार पाँच राजनीतिक दलले सात विकास योजनामा देखिएका ढिलासुस्ती हटाएर तीव्रता दिन सात बुँदे मागपत्र बुझाएका हुन् ।

,orning glory badhai

काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले प्रधानमन्त्री दाहाललाई ज्ञापन बुझाएको हो । ज्ञापन पत्र बुझाएपछि एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले प्रधानमन्त्री दाहालले विकास योजना ुसम्झौता अनुसार सम्पन्न गर्न आफूले प्रयास गर्ने आश्वासन दिएको बताए ।

dirghayi clinic

पाँच दलले आगामी वर्षभित्र कञ्चनपुरमा निर्माणाधिन सबै विकास योजना सम्पन्न गर्न माग गरेका छन् ।

मझगाउँ विमानस्थ, महाकाली कोरिडोर, सुख्खा बन्दरगाह, महाकाली नदीको चार लेन पक्की पुल निर्माण कार्यलाई तीव्रता दिनु पर्ने माग गरिएको छ । दलहरुले छेला औद्योगिक क्षेत्र सञ्चालन र जैविक मार्गलाई कर्णालीसम्म विस्तारका लागि बजेट विनियोजन गर्न प्रधानमन्त्री दाहालसित माग गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...