

महेन्द्रनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनीमा क्रिकेट खेल मैदान बनाउन अवलोलन गरेका छन् ।
गर्जनमुनीस्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणसंगै जोडिएको वन कार्यालय मातहतको ४० बिगाहा जग्गामा क्रिकेट खेल मैदान बनाउन लागिएको हो । शुक्लाफाँटा नगरपालिकाले खेल मैदान बनाउने तयारी अघि बढाएको हो ।


क्रिकेट संघका अध्यक्ष चन्दले प्रस्तावित खेल मैदानको सम्भाव्यताका लागि अवलोकन गरेको सुदूरपश्चिम् प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले बताए ।
खेल मैदानमा अवलोकनमा संघका अध्यक्ष चन्दसंगै केन्द्रीय सदस्य एबम् कञ्चनपुर जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर चन्द, कोषाध्यक्ष दिनेश सिंह लगायतका सहभागी भएका छन् ।

