सुदूरपश्चिममा माओवादीले नयाँ उचाई लिन्छ : कञ्चनपुर इन्चार्ज भट्ट

lotus institute

महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् कञ्चनपुर इन्चार्ज टिकेन्द्र प्रसाद भट्टले दुई महिने रुपान्तरण अभियानबाट सुदूरपश्चिममा माओवादी केन्द्रले नयाँ उपचाई लिने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७५ र्औं स्थापना दिवसको अवसर पारी माओवादी केन्द्रले सुरु गरेको रूपान्तरण अभियानको उद्घाटन गर्दै भट्टले सो कुरा बताएका हुन् ।

morning glory
Mahendranagar

कार्यक्रममा उनले कम्युनिष्ट पार्टी र साम्यवादीका क्षेत्रमा कम्युनिष्ट पार्टीले पुगाएको योगदानको चर्चा गरे ।

दुई महिने अभियान अन्र्तगत पार्टीका नियमित र थप नयाँ कार्यक्रम सहित जनता गएर छलफल गरिने माओवादी केन्द्रका कञ्चनपुर संयोजक खेमराज पाण्डेयले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल माया नेगी देवीलाल चौधरी लगायतका नेता सहभागी भएका छन् ।

saark school
सम्बन्धित
Loading...