
महेन्द्रनगर । प्रहरीले सोमबार एक लाख बढीको भन्सार छलीको सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका क्षेत्रबाट ती समान बरामद गरिएको हो ।
भीनपा –१० बाट अन्दाजी एक लाख दुई हजार सात सय ४६ मुल्य बराबरको सामान बरमद गरेको हो । कपडा, लेडिज सुट, कुर्ती, लेडिज टि–सर्ट, जुत्ती, चप्पल, चुन्नी, क्रिम पाउडर, कालोपोल्थिन, चिनि, मिश्री, चामल, जिरा, मटर, हार्डवेयरका सामान लगाएत बिजुलीका सामान बरारमद गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
त्यस्तै भीमदत्त–६ शिवमन्दिरबाट पनि अन्दाजी ३१ हजार सात सय ५८ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिएका छन् ।
