ghar sansar

दोधारा चाँदनीका मेयर विरुद्ध पार्टी कार्यकर्तापछि दलित समुदाय पनि आन्दोलित, काठमाडौ भएका मेयरलाई चरणबद्ध आन्दोलनको चेतावनी

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बु विरुद्ध दलित समुदायले आन्दोलन गर्ने चेतावनी दिएको छ । मेयर लिम्बु काठमाडौं भएका बेला प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रलाई ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।

दोधारा चाँदनी नगर दलित समन्वय समितिले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि पेश गरेको प्रस्तावना पत्रलाई वेवास्ता गरिएको भन्दै आक्रोश पोखेको छ । प्रस्ताव अनुसार सम्झौता गरी माग पूरा नभएपछि चरणबद्ध आन्दोनलमा जाने चेतावनी दिइएको हो ।

mahostaw

मेयर लिम्बुको पार्टी एमालेको राष्ट्रिय युवा संघको दोधारा चाँदनी नगर कमिटीले नगरपालिकाको कृषि तथा पशु शाखामा तालाबन्दी गरेको दोस्रो दिन नगर दलित समन्वय समिति आन्दोलनको चेतावनी लिएर नगरपालिका पुगेको हो ।

कृषि तथा पशु शाखाबाट किसानलाई सेवा नपाइएको भन्दै युवा संघका अध्यक्ष विनोद चौधरीको नेतृत्वमा आइतबार तालाबन्दी गरिएको थियो । युवा संघले मेयर लिम्बुलाई पटक पटक गुनासा सुनाउँदा पनि वेवास्ता गरिएपछि तालाबन्दी गरिएको हो ।

युवा संघपछि मेयर नगर दलित समन्वय समितिको निशानामा परेका छन् । २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित उनी कञ्चनपुरमा सबैभन्दा बढी काठमाडौं भ्रमणमा जाने मेयरको परिचय बनाएका छन् ।

‘दोधारा चाँदनी नगरपालिकामा गठित नगर दलित समन्वय समितिले पेश गरेको प्रस्तावना पत्रलाई पास गरि एथासिघ्र कार्यक्रम संचालनको लागी सम्झौता गरिदिनहुन सादर अनुरोध गरिन्छ । अन्यथा बिधिवतरुपमा गठित नगर दलित समन्वय समितिलाई वेवास्था गरेमा चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु ग्र्न बाध्य हुनेछौ र आन्दोलनमा भएका सम्पूर्ण क्षति नगरपालिका स्वयम् जिम्मेवार हुने छ’ नगर दलित समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सुनार र सचिव कमल सुनार प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय युवा संघले शाखामा लगाएको ताला भने सोमबार खोलिएको छ । एमाले कञ्चनपुरका उप सचिव राजीव खड्का र दोधारा चाँदनी नगर इन्चार्ज गगन खत्रीको पहलपछि युवा संघले तालाबन्दी खोलेको हो ।

एमाले नेता सहित युवा संघ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित सोमबार विहान कार्यालयमा छलफल भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...