विवादको दलदलमा

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रञ्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरूबीच कुटाकुट भएको थियो । कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी छन् । पार्टी भित्रको विवादले अहिले श्रीमान श्रीमतिबीचको सम्बन्धमा नै दरार आउने अवस्था आएको छ ।

दलभित्रको विवादलाई लिएर अदालत पुगेका रेशम चौधरीलाई आपराधी नै घोषणा गरेर श्रीमति रञ्जिता श्रेष्ठले अदालतलाई जवाफ फर्काएकि छन् । रञ्जिता श्रेष्ठले फर्काको जवाफले उनीहरुको आन्तरिक जीवनमा समेत ठूलो समस्या आउने देखिएको छ । नागरिक उन्मुक्ति पार्टी पहिचानवादी दलको रुपमा स्थापना भएको थियो । आदीवासी, जनजाती, थारु लगायतको पहिचानको लागि स्थापना भएको दल अहिले विवदको दलदलमा फसेको छ । राजनीतिमा उतार चडाउ आउनु र वाद विवाद हुनु अस्वभाविक होइन । तर श्रीमान श्रीमतिको सम्बन्ध नै समाप्त हुने गरि विवाद अगाडी बढनु अस्वभाविक हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन् । सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी छन् । लिखित जवाफ रञ्जिताले रेशम चौधरीलाई फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउनेलगायत जवाफ पेस गरेकी छन् । रञ्जिताले पेस गरेको यस्तो जवाफले श्रीमान श्रीमतिबीचको सम्बन्धमा दरार आउने निश्चित छ । रेशम चौधरी टीकापुरमा दोषि देखिएर जन्मकैदको सजाय पाएका व्यक्ति हुन यसमा दुईमत छैन । तर राजनीतिक दलभित्रको विवादमा आप्mनै श्रीमानलाई यस्तो अपराधी भएको र सार्वजनिक पद धारण गर्न योग्य नभएको भन्दै श्रीमतिनै अघि बढनुले यो मुद्धा अब दलको मात्र नभएर श्रीमान श्रीमतिबीचको समेत बनेको छ ।

रेशम चौधरीलाई पार्टीको तर्फबाट रिट निवेदन दिने अधिकारसमेत नरहेको र नागरिक उन्मुक्ति पार्टीको विधानले नैतिक पतन देखिने अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएका व्यक्ति सदस्य हुन नपाउने प्रवधान रहेको समेत उनले उल्लेख गरेकी छन् । उनले प्रहरीहरुलाई एक प्रकारले अपहण गरी आत्मसमर्पण गरेको व्यक्तिलाई हत्या गरेको र हत्याको प्रकृतिबाट निजहरुको अपराध सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध रहेको भन्ने उल्लेख भएको परिप्रेक्ष्यमा निज कुनै पनि राजनीतिक दलको सदस्य हुन सक्ने अवस्था नभएकोले रिट निवेदन दाबी खारेज गरिपाउ भनेकि छन् । रेशम चौधरीले अपराध गरेको कुरा अदालतले नै ठम्याएर सजाय तोको हो र राजनीतिक कारणले उनी जेलमुक्त भए पनि उनको बारेमा अदालत अन विज्ञ छैन । दलभित्रको विवादलाई लिएर आप्mनै श्रीमानलाई अपराधी करार गर्ने श्रीमतिसंगको नाता के होला हेर्न बाँकी छ ।

सम्बन्धित
Loading...