
महेन्द्रनगर । खुला मञ्चमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखि सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता –२०८१ को सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले जानकारी दिएका छन् ।
पहिलो टिम समूह “ए“ बाट १० अंक का साथ सेक्युर्ड नेपाल विजेता र अरनिको युवा क्लब ७ अंकका साथ समूह उप विजेता हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । अर्को समूह “बि“ बाट राम युवा क्लबले १२ अंकका साथ शिर्ष स्थानमा कायम रहदै विजेता र कञ्चन समाज १० अंक जोड्दै समूह उप विजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षीत गरेको छ ।
सेमिफाइनलका खेल भोलि बिहीबार बिहान ९ बजे पहिलो सेमिफाइनल खेल समूह “बि“ उप विजेता टिम कञ्चन समाज र समूह “ए“ विजेता टिम सेक्युर्ड नेपाल बिच हुने छ। भने दोस्रो सेमिफाइनल खेल समुह “बि“ को विजेता राम युवा क्लब र समुह “बि“ को उप विजेता अरनिको युवा क्लब बिच प्रतिस्पर्धा हुने छ ।
उक्त दुई खेलमा जित निकाल्ने टिमले फाइनलको यात्रा तय गर्ने छन् भने प्रतियोगिताको फाइनल खेल बैशाख १५ गते दिउँसो ३ः३० बजे महेन्द्रनगरको खुला मञ्चमा हुनेछ ।
