ghar sansar

सुदूरपश्चिमका प्रमुख सचिव लम्सालले गरे साधारण स्कुलको तीन तले भवनको उद्घाटन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा.हरि प्रसाद लम्सालले कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण) को तीन तले भवन उद्घाटन गरेका छन् ।

सरकारले साधारण स्कुललाई नमूना विद्यालयका लागि छनौट गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १२ कोठाको तीन तले भवन बनाएको हो । भवनको प्रदेश प्रमुख सचिव लम्सालले उद्घाटन गरेका हुन् ।

lotus institite
daimond public

भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारबाट समेत सामुदायिक विद्यालय सुधारका लागि सहयोग गर्ने आश्वासन दिए ।
विद्यालयका प्रधानाध्यापक देवराज भट्टले प्रदेश प्रमुख सचिव लम्साललाई विज्ञान प्रयोगशाला र आईसिटी प्रयोगशालाको आवश्यकता भएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका लेखा प्रमुख महानन्द पाण्डेयले नर्सिङ्ग जगदम्बा राखी कस्ष्ट्रक्सन प्रालिले झण्डै २ करोड १८लाख बजेटमा भवन निर्माण भएको बताए ।

विद्यालयका सहायक प्रद्यानाध्यापक सरस्वती भाट(धामी)ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...