ghar sansar

काँग्रेस नेता आलम सहित चार जनालाई जन्म कैद सजाय

little buddha academy
khasi

महेन्द्रनगर । पूर्वमन्त्री तथा कांग्रेसका नेता मोहम्मद अफताब आमललाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्यज्यान सम्बन्धी कसुरमा आलमसहित चारजनालाई जन्मकैद हुने फैसला गरेको हो ।

dirghayi clinic

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । इजलासले आलमसहित उनका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैद अर्थात् २० वर्ष कैदको फैसला गरेको अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीले जानकारी दिए ।

,orning glory badhai

सहनी इँटाभट्टाका मुन्सी थिए। कार्कीका अनुसार आरोपी इँटाभट्टामै काम गर्ने मुक्ति शाहले भने सफाइ पाएका छन्। अन्य ६ जना प्रतिवादीहरू फरार रहेकाले मुल्तबीमा राखिएको कार्कीले बताए। रौतहटको राजपुर बम काण्डमा आलम पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए ।

२०६४ चैत २७ गते संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साविक गाविसको राजपुर फरहदवा वडानम्बर ४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा आलमले घाइते अवस्थामै रहेका उनीहरूलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...