गृह मन्त्री लामिछाने विरुद्ध खनिए लेखक, भने– तपाईं सञ्चालकको सम्पत्ति जफत गर्ने र पैसा उठाउने, अनि तपाईंले लग्या पैसा के हुने ?
महेन्द्रनगर । रुपन्देहीको सुप्रिम सहकारीबाट कानुन विपरीत रकम लिएर लामिछानेले गोर्खा मिडियामा लगाएको प्रमाण प्राप्त हुँदा पनि प्रहरीले मुद्दा दायर नगरेको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
लामिछानेले जसरी प्रक्रिया पूरा नगरी सहकारीको बचत लिने र फिर्ता नगर्ने, अपचलन गर्नेविरुद्ध मुद्दा नचल्ने अवस्था भएकाले कांग्रेसले संसद्को आगामी अधिवेशनमा अझ कडाइका साथ आफ्नो माग उठाउने लेखकले घोषणा गरेका छन् ।
लेखकले कांग्रेसले आवश्यक परेमा रवि लामिछानेमाथि मुद्दा नचल्दा कुन–कुन सहकारी ठगहरूविरुद्ध मुद्दा चल्दैन भन्ने नामावली सार्वजनिक गर्ने बताए । ’एकजना मानिसका कारणले सहकारीको सम्पत्ति हिनामिना गर्ने तमाम मान्छेमाथि मुद्दा नचल्ने स्थिति बन्यो । सहकारीबाट ऋण लिने कुनै पनि प्रक्रिया पूरा नगर्ने, ऋण लिन नपाउने मान्छे प्रक्रिया पूरा नगरेर सहकारीको पैसा अपचलन गरेको, दुरुपयोग गरेको, हिनामिना गरेको, ठगी गरेका मान्छेमाथि मुद्दा चलाउन सक्नु हुन्न अब,’ लेखकले भने, ’किन चलाउन सक्नुहुन्न भन्दा प्रक्रिया नै नपु¥याएर ऋण लिएको मान्छे एक जनालाई प्रतिवादी बनाउनु भएन भने अर्को मान्छेलाई कसरी बनाउनुहुन्छ ? त्यसकारण अहिले पनि जुन अभियोगपत्र दर्ता भएको छ रुपन्देही जिल्ला अदादलतमा त्यो अभियोगपमा एकजना माननीय मन्त्रीजीका कारणले अरु ठग्ने मान्छे पनि बचे ।’
रुपन्देही प्रहरीले अभियोगपत्रमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई छोडेको लेखकको भनाइ छ । रवि लामिछानेका कुन–कुन व्यक्तिमाथि मुद्दा चलेन भन्ने प्रमाण कांग्रेससँग रहेको लेखकको भनाइ छ ।
लामिछानेले सहकारी संचालकको सम्पत्ति बेच्नका लागि अध्यादेश ल्याएर भए पनि कानुनी व्यवस्था गर्ने र बचतकर्ताको पैसा फिर्ता गर्ने बताएका थिए । कांग्रेस प्रमुख सचेतक लेखकले लामिछानेको उक्त भनाइमाथि पनि प्रश्न उठाए । ’तपाईंले इलामको मञ्चमा उभिएर, मिडियाको क्यामेरा अगाडि उभिएर, म सारा संचालकहरूलाई थुनेर सम्पत्ति जफत गरेर तपाईंहरूको पैसा फिर्ता गर्छु भन्या कसैले पत्याउँछ ?,’ लेखकले भने, ’तपाईं संचालकको सम्पत्ति जफत गर्ने र पैसा उठाउने, अनि तपाईंले लग्या पैसा के हुने ? तपाईंले गरेको अपचलन र दुरुपयोगको के हुने ?’
रवि लामिछानलेले सहकारी कानुन मिचेर ऋण लिएकाले अन्य व्यक्तिहरू पनि कानुनको दायराभन्दा बाहिर रहेको लेखकको भनाइ छ । सरकारले नै सहकारीको रकम ठग्नेमाथि मुद्दा चलाउन नकस्ने अवस्थामा स्थिति पु¥याएको उनले बताए । ’अहिले सरकार जुन ढंगले अगाडि बढिराख्या छ, कहाँनेर सरकार पु¥याउन खोज्दैछ भने सहकारीको रकम ठग्ने, अपचलन गर्ने मान्छेमाथि मुद्दा चलाउन सक्नुहुन्न । त्यो ठाउँमा सरकार पु¥याउँदैछ अनि अब कांग्रेस चुप लागेर बस्ने हो त ?,’ उनले भने ।
सरकार संसद् र जनताप्रति जिम्मेवार हुनुपर्ने लेखकले बताएका छन् । उनले सहकारी ठगीका विषयमा सरकार गम्भीर र चिन्तित भएन भने आगामी दिनमा अवस्था गाह्रो हुने बताए । ’आगामी अधिवेशन ठीक ढंगले संचालन भएन भने त्यसको जिम्मा सरकारले लिनुपर्ने हुन्छ,’ उनले भने ।
कांग्रेसको अवरोधका कारणले संसद् चल्न सकेन भन्ने आरोप नलगाउन पनि प्रमुख सचेतक लेखकको भनाइ थियो । विगतमा लामो समय संसद् अवरोध गर्ने पार्टीहरूले कांग्रेसलाई आरोप लगाउन नसुहाउने लेखकले बताए ।