ghar sansar

अरनिको क्लबलाई जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि

कञ्चन समाज बन्यो उप विजेता

khasi

महेन्द्रनगर । खुला मञ्चमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी अरनिको युवा क्लबले हात पारेको छ । शनिबार फाइनल खेलमा अरनिकोले कञ्चन समाजलाई ३–० गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।

खेलको पहिलो हाफमा अरनिको युवा क्लबका तर्फबाट २० औं मिनेटमा जर्सी नम्बर १२ का मदन बहादुर जिसिले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएको थियो ।

dirghayi clinic

३६ औं मिनेटमा जर्सी नम्बर १६ का अनिल तामाङले दोस्रो गोल गरेका थिए भने दोस्रो हाफको ४३ औं मिनेटमा जर्सी नम्बर १५ का उमेश लामाले आफ्नो टिमको लागि तेस्रो गोल गरेका थिए भने कञ्चन समाजले पाएको अवसर गुमाउदा प्रतियोगिताको उप विजेतामा चित्त बुझाएको छ ।

प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद पुरस्कार ५१ हजार १ सय ११, मेडल ट्र्फी प्रमाणपत्र मेडल हात पारेको छ भने कञ्चन समाजले उप विजेतामा चित्त बुझाउँदै नगद पुरस्कार रु. २५ हजार ५ सय ५५ रुपैया प्रमाणपत्र, मेड र ट्रफि पाएको छ भने सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया दिएको छ ।

नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता –२०८१ को फाइनलमा कञ्चन समाज लाई हराउँदै जिल्ला लिग च्याम्पियन बनेको हो ।

Himal dental
सम्बन्धित
Loading...