ghar sansar

बझाङ्ग र इलाम दुबैमा एमालेको अग्रता

महेन्द्रनगर । सत्ता साझेदार एमालेका उम्मेदवार सुहाङ्ग नेम्बाङ्गले इलाममा पहिलो पटक अग्रता लिएका छन् । सुरुवाती मत गणनामा पछाडि गरेका नेम्बाङ्ग फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएपछि ३४५ मतले अग्रता लिएका छन् ।

पहिलो पटक अग्रता लिएका उनले २५४२ मत ल्याएका छन्। यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

अहिले एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस उम्मेदवार खड्काले पछ्याइरहेका छन्। खड्काले २१९७ मत ल्याएका छन्। यहाँ एमालेका नेम्वाङ कांग्रेसका खड्काभन्दा ३४५ मतान्तरले अघि छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्। निर्वाचन आयोगका अनुसार अहिलेसम्म सदर मत ५८०७ छ ।

यसैगरी बझाङ्गमा एमाले उम्मेदवार दमन बहादुर भण्डारीले अग्रतालाई निरन्तरता दिएका छन् । भण्डारी मत गणनाको सुरुदेखि अगाडि छन् ।

भण्डारी ५९५ मतले अगाडि रहेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा भन्दा एमालेका उम्मेदवार भण्डारीको ५९५ मत बढी रहेको हो ।

निर्वाचन आयोगका अनुसार चार हजार २ सय १४ मत सदर भएकामा दमनबहादुर भण्डारीले एक हजार पाँच सय ९३ र बुढाले नौ सय ९८ मत पाएका छन्।

नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिँहको नौ सय ५५ मत रहेको छ। बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। राप्रपाका किशोर कुमार खड्काको ३४, एकीकृत समाजवादीका दिलबहादुर सिँहको पाँच सय ९५ मत रहेको छ ।

नेमकिपाका खगेन्द्र बहादुर शाहीको एक मत, जनमत पार्टीका सुशीला देवी विष्टको चार मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काको ६ मत, जनता समाजवादी पार्टीका रामबहादुर खड्काको २७ मत, नेसनल रिपब्लिकन नेपालका कमल घर्तीमगरको १ मत र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको शून्य मत रहेको आयोगले बताएको छ ।

Himal dental
सम्बन्धित
Loading...