महेन्द्रनगर । दोधारा चाँदनी नगर अस्पताल व्यवस्थापन गठन सम्बन्धि निर्णयलाई लिएर कार्यपालिका सदस्य ओंम बस्नेतले विमति(नोट अफ डिसेन्ट) जाहेर गरेका छन् ।
दोधारा चाँदनी नगर कार्यपालिकाको ५६ औं बैठकमा मेयर संयोजकत्वमा नगर अस्पताल गठन हुने सम्बन्धि निर्णय गरिएपछि कार्यपालिका सदस्य वस्नेतले नोट अफ डिसेन्ट लेखेका हुन् ।
वस्नेत दोधारा चाँदनी नगरपालिका कार्यपालिका ६ का वडा अध्यक्ष हुन् । दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी सरकारी नीति अनुसार नगर अस्पताल बनाईएको हो । यस अघि वडा अध्यक्ष वस्नेत अस्पतालका अध्यक्ष थिए । मेयर किशोर कुमार लिम्बुले वस्नेतलाई हटाउन आफैं अध्यक्ष हुने कार्यविधि ल्याएर संयोजक भएका हुन् ।
कार्यालिका बैठकबाट मेयर संयोजक भएको निर्णय गरिएको छ । समितिमा उप मेयर र सदस्यहरुमा वडा अध्यक्षहरु राखिएका छन् । मेयर लिम्बुले वस्नेतलाई आइतबार नगर प्रवक्ता र अस्पतालबाट एकै साथ हटाएका हुन् । मेयर र वस्नेत दुबै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।