बझाङमा एमालेका भण्डारीले फेरि लिए अग्रता, इलाममा नेम्बाङले बढाउँदै मतान्तर

lotus institute

महेन्द्रनगर । बझाङ्ग प्रदेश १ मा उप निर्वाचनमा एमालेमा दमन भण्डारीले फेरि अग्रता लिएका छन् । ५० वडा रहेको यो क्षेत्रमा अहिलेसम्म ४१ वटा वडाको मत गणना सकिँदा भण्डारीले काँग्रेसका अभिषेक सिहलाई ९ मतले पछाडि पारेका छन् । उनले ९८८९ मत ल्याएका छन् ।

यहाँ यसअघि कांग्रेस उम्मेदवार अभिषेक सिंह अगाडि थिए । पछिल्लो मतगणनाको परिणाम आउँदा एमालेका भण्डारीले कांग्रेसका सिंहलाई ९ मतले अग्रता लिएका छन् ।

morning glory
Mahendranagar

कांग्रेसका सिंहले ९८८० मत ल्याएका छन् भने माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३६५४ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४८५ मत ल्याएका छन् । यहाँ सदर मत २६२१८ छ।

अब तलकोट गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ तथा साइपाल गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मको मतगणना गर्न बाँकी छ। २०७९ को चुनावमा यहाँ गठबन्धन गरेर कांग्रेसले जितेको थियो।

इमाल प्रतिनिधि सभा २ मा एमालेका सुहाङ नेम्बाङ्ले अग्रतालाई कायम राखेका छन् । उनलाई काँग्रेसका डम्बर खड्काले पछ्याई रहेका छन् ।

saark school
सम्बन्धित
Loading...