नगर प्रहरी खटाएर भीमदत्तका मेयर बोगटीले सडकमा गाड्दै छन् विद्युत पोल

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी मदन चोक क्षेत्रमा सडकमा विद्युत पोलहरु गाडिएका छन् । एडिबीको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत निर्माणाधिन मदनचोक क्षेत्र सडकमा सोमबार नगर प्रहरी परिचालन गरी विद्युत पोल गाडिएका छन् ।

सडक क्षेत्रमा विद्युत पोल गाड्दा अवरोध हुने आशंकामा नगर प्रहरी परिचालन गरिएको छ । यस क्षेत्रमा तीन महिना अघि २२ सटर भत्काएर सडक निर्माण गरिएको हो । ती सटर हटाउन २०७८ देखि प्रक्रिया सुरु गरिएको थियो ।

मदनचोक क्षेत्रमा फुटपाथ विनाको सडक निर्माण गरिएको छ । फुटपाथ क्षेत्रमा ती भत्काएका २२ सटर फेरि बनाउने गरी सडकमा विद्युतका पोल गाडिएको आशंका गरिएको छ ।

  

सम्बन्धित
Loading...