बझाङमा एकीकृत समाजवादी सहित ८ उम्मेदवारको धरौटी जफत

महेन्द्रनगर । बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

सोमबार दिउँसो सकिएको मत गणनाअनुसार एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१४ मत ल्याएका थिए । जबकि यो क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले २ हजार ९७० मत ल्याउनुपर्ने थियो ।

बझाङमा २९ हजार ७०५ मत सदर भएको थियो ।

सम्बन्धित
Loading...