
प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ र प्रदेशसभा सदस्य चयनका लागि बझाङ १ (१) मा शनिवार भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको छ । इलाम २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र वझाङ १ को प्रदेश सभा १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधन पछि रिक्त रहेका ती क्षेत्रमा उप निर्वाचन भएको छ । संविधानसभाका अध्यक्ष र पटक पटक सभामुख र मन्त्री रहेका नेम्वाङको गत भदौमा ह्दयाघातका कारण मृत्यु भएको थियो । उनी नेकपा एमालेका उपाध्यक्ष समेत थिए । त्यस्तै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका सिंहको गत असारमा सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । शनिवार भएको मतदानको मत गणना जारी छ । अहिलेसम्मको मत परिणामले नेपाली कांग्रेस र नेकपा एमालेबीच नै प्रतिस्प्रधा देखिएको छ । यस अघि गत बर्ष भएको उपनिवाचनमा अहिलेका प्रतिस्प्रधि ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई उछिन्दै हिजो जन्मेका साना दलहरु विजयी भएका थिए । यस अघि बारा क्षेत्र नं २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको थियो । त्यतिबेलाको मत परिणम र स्थानीय निर्वाचनमा केही स्वतन्त्रहरु विजयी भए पछि अनेक थरी अडकलहरु हुने गरेका थिए । मुलुकमा प्रजातन्त्र स्थापना गर्न २००७ साल देख जनआन्दोको विडो थाम्दै आएको नेपाली कांग्रेस र नेकपा एमाले समप्त हुन लागेको र अब जनताले नया“ दललाई अगाडी बढाउने भन्ने गरेकाहरुलाई र दुई चार सीट जितेर फुति लगाउनेहरुलाई गतिलो झटका लाग्ने भएको छ ।

टेलिभिजनमा कुर्लेको देखे पछि जनप्रतिनिधि बनाए केही गर्छकि भनेर जनताले विश्वास गरेका रवि लामिछानेका काला कर्तुतहरु विस्तारै जनता सामु आउन थालेका छन् । स्वच्छ छवि भनेर जनताले विश्वास गरेका नेताको चर्तिकला देखे पछि जनता रनभुल्लमा परेका छन् । त्यस्तै १७ हजार जनता मारेर सत्तासिन भएको माओवादी विभाजित भएर टुक्रा टुक्रा भएको छ । गत निवाचनमा नेकपा एमाले र पछिल्ला निर्वाचनमा नेपाली कांग्रेसको पछि लगेर केहि सीट हात पारेको माओवादी अहिले सत्ताको रापतपमा चुरीफेरी गरे पनि एक्लै निर्वाचनमा जाने आट सम्म गरेन र सरकार टिकाउन सहयोगिको भूमीकामा देखा परेको छ । किसानले असारमाधान नरोपेछि मंसिरमा फसल काटन पाउदैन ।
व्यवसायीले लगानी नगरेपछि नाफा कमाउन सक्दैन । कांग्रेस र एमालेले यो मुलुक र मुलुकवासीका लागि ठूलो त्याग बलिदान र लगानी गरेको छ । उनीहरुको पार्टीका पुर्खाले गरेको लगानीको व्याज कांग्रेस एमालेहरु असुल गरि राखेका छन् । अकिलेका कांग्रेस एमालेका नेताको व्यवहारले जनता उनीहरुलाई भोट हालिराखेका होइनन् । वीपी कोइराला, गणेशमान सिंह, मंगलादेवी सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला कनमोहन अधिकारी, साहाना प्रधान, मदन कुमार भण्डारीहरुले गरेको लगानीको व्यज असुलि राखेका छन् । जुन दिन जनताले सावा भन्दा बढी व्याज चुक्ता गरि सक्छन त्यो लिनबाट कांग्रेस र एमालेको पनि अरुहरुकै जस्तो दिनचर्या सुरु हुने छ । त्यसैले कांग्रेस र एमालेले टपरटुयाहरुको पछि नलागेर ढिलो नगरी मुलुकको स्थायीत्वको लागि सोच्नु पर्दछ ।
