
विश्व मजदुर दिवस प्रत्येक वर्ष मे एक तारिखमा मनाउने गरिन्छ । नेपाली पात्रो अनुसार यो वर्षको दिवस यही वैशाख १९ गते परेको छ । अन्तर्राष्ट्रिय श्रमिक,मजदुर दिवसको दिन नेपालमा पनि विभिन्न संस्थाहरूले विविध कार्यक्रमहरू गरी मनाउने गर्दछन् । यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिकरूपमा सार्वजनिक बिदा हुन्छ र नेपालमा पनि सर्वजनिक विदा दिने गरिन्छ । विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ । नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो ।विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनस“गै श्रमिक दिवस मनाउन थालिएको हो । तर, २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ मा सार्वजनिक बिदा दिन थालिएको हो ।
नेपालको अन्तरिम संविधान २०६३ अन्तर्गत सबै नागरिकका लागि मौलिक अधिकार प्रत्याभूत भएअनुरूप नेपाली श्रमिक वा कामदारको हकलाई पनि संरक्षण गरेको पाइन्छ । श्रम ऐन २०४८ ले पनि कामदार वा श्रमिकको लागि विभिन्न व्यवस्था गरेको छ । हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हक अधिकार प्रवद्र्धनका निम्ति काम गर्दै आएको दाबी गरिन्छ । विश्व मजदुर दिवसको मूल नारा तय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान दिवसको मूल नारा तय गरेको छ । तर नारा बनाउने र भाषण गर्ने काम बाहेक मजदुरको हकहितमा कुनै काम भएको पाइदैन । भाषणमा मजदुरले गर्ने श्रमको उचित सम्मान, पारिश्रमिक र समान सेवा सुविधाका कुरा उठाउने गर्दछन् । तर, खास मजदुर जो दिनभर काम नगरी बिहान बेलुका हातमुख जोर्न बाध्य छन् उनीहरुलाई भने मजदुर दिवसको कुनै मतलब हुदैन र यो दिवसले उनिहरुलाई छोएको पनि पाइदैन ।
रिक्शावालाहरु, गाडीमा कार्यगत श्रमिकहरु, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाई दिदिवहिनी, अरबमा पसना पुछदै या अन्य विदेशी भुभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरु, कोदालोले हातमा ठेला उठेका हातहरु, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबैजनाको जिवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम भएर पसिनाको मुल्यको उचित सम्मान गरिनु पर्दछ । नेपालमा रोजगारी सिर्जना हुन नसक्नु, लगानी सुरक्षित नहु“दा खाडीको ५२ डिग्रीको तापक्रममा नेपालका गरिब र अति विपन्न दाजुभाइ, दिदीबहिनी आप्mनो ज्यान जोखिममा राखेर श्रम गरिरहेका छन् । यस्तो अवस्थामा श्रमिकका लागि जति ऐन, कानुन बने पनि के अर्थ राख्छ ?यस्ता हजारौँ प्रश्नको बीचमा श्रमिकलाई श्रम दिवस किन, कसका लागि श्रम दिवस, खास श्रमिकलाई कहिले हो श्रम दिवस पनि थाहा हु“दैन ।
नेपालमा अहिले गरिब, मजदुर र सर्वहाराको वकालत गरेर उदय भएका राजनीतिक दलहरूको सरकार रहेको छ । जनताद्वारा चुनिएका तीन तहका जनताका लागि कार्य गर्ने सरकार छ । यस्तो अवस्थामा सरकारले आप्mनो उपस्थिति र सरकारको अनुभूति दिलाउसक्नु पर्दछ । यस्ता श्रमिक दिवस २००७ साल देखि अहिले सम्म मनाउदै आएका छौ । यस्ता श्रमिक दिवस जति पटक मनाए पनि कागलाई बेल पाक्यो, हर्ष न विस्मात् भनेको जस्तै हुने गरेको छ । तसर्थ यस विषयमा सबैले आ–आप्mनो तर्फबाट गहन भएर सोच्न हुन आग्रहका साथै श्रमिक दिवसको शुभकामना ।
