ghar sansar

भाषण होइन काम गर

little buddha academy
khasi

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्रै युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने बताएका छन् । सातौ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले युवालाई लक्षित गरी अगाडि बढाइएको स्टार्टअप कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण मात्र गरेका हुन काम गर्ने होइनन् भन्ने कुरो सबै नेपालीले बुझेको कुरो हो । यो भन्दा अगाडिका सरकारहरुले पनि यस्ता कार्यक्रमको नाउमा ठूलो रकम खर्च गरेका छन् । यस अघि पनि नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थियो ।

dirghayi clinic

आज छ बर्ष पुरा भएको छ अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक हजारौको संख्यामा युवा विदेश पलायन भइराखेका छन् । युवालाई स्वरोजगार बनाउने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा राज्यको ढुकुटीबाट अर्बौं रुपैया“ दुरुपयोग भइरहेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने भए पनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको थिएन । यसको बजेटको सही ठाउ“मा उपयोग नहु“दा यसको प्रभावकारीता सन्तोषजनक देखिएन । रोजगार कार्यक्रमको नाममा बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बा“दर लखेट्ने र युवाको नाममा ६० वर्षकालाई काममा लगाउने गरिए पछि यो कार्यक्रमको मजाक उडाइएको थियो । अहिले प्रधानमन्त्रीले गरेको भाषण पनि यस्तै हो र कुनै युवाले रोजगारी पाउला भन्ने आसा गर्न सकिदैन ।

,orning glory badhai

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भएको छ । तर अहिलेसम्म रोवगारीको लागि कुनै पहल हुन सकेको छैन । मुलुकमा उद्योग धन्दा कलकारखाना केही छैनन् । भएका उद्योग पनि बन्द भएको अवस्था छ । अनि प्रधानमन्त्रीले भाषण गरेर युवालाई रोजगारी दिन्छु भन्दैमा हुने कुरो होइन । त्यसका लागि रोगारीका अवसरहरुको खोजी हुनु पर्छ र त्यसका लागि मुलुकमा स्थीर सरकार पनि हुनु पर्दछ । छिन छिनमा सरकार परिवर्तन हुने र दुई चार महिनाको लागि सरकारमा आउनेहरुको पनि मुलुकको नभएर आप्mनो भविश्यको चिन्ता गर्ने र कसरी छिटो आप्mनो गोजी भर्ने भन्ने भए पछि मुलुक र मुलुक बासीका समस्या जस्ताको त्यस्तै हुने नै भयो ।

संविधान निर्माणपछि जनताले स्थिरतामात्रै होइन समृद्धिको पनि अपेक्षा गरेका थिए । जनताले गरेको त्यो अपेक्षा माथि कुठाराघात भएको छ । युवा पलायनको प्रमुख कारण नै मुलुकको राजनीतिक अवस्था हो । राजनीति गर्नेहरुमा कुनै नया“ सोच र कर्ययोजना देखिएन । जनताले जुन विश्वास गरेका थिए त्यो पुरा हुन सकेन । मुलुकले राजनीतिक स्थिरता छैन । सरकार फेरिएको फेरियै भएका छन् र देश राजनीतिक व्यवस्थाकै बहस र अन्योलमा फँसेको छ । खासमा सरकार बन्ने र भत्कने गोलचक्करकै कारण देशमा निराशा छ । प्रधानमन्त्री स्वयमले म रहेसम्म देशमा राजनीतिक उथलपुथल भइराख्ने घोषणा गरे पनि जनतामा झनै निराशा छाएको छ ।

Himal dental
सम्बन्धित
Loading...