
दोधारा चाँदनीमा अलपत्र ‘दरौती सडक’ बनाउन माग गर्दै युवा संघ आन्दोलित,ढुङ्गा मुढा राखेर सडक अवरुद्ध, नगरपालिका गेटमा धर्ना
पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाको अलपत्र ‘दराती रोड’ राष्ट्रिय युवा संघ र स्थानीयले ढुङ्गा, मुढा राखेर सडक बन्द गरेका छन् ।
दोधारा चाँदनी नगरपालिका– ७ को वडा सदस्य संदिप उपाध्यायको घर देखि चन्द चौराह हुदै पुर्णागिरी आधाभुत जाने अलपत्र ‘दराती रोड’ राष्ट्रिय युवा संघ र स्थानियहरुले ढुङ्गा, मुढा राखेर सडक बन्द गरेका छन् । सडक बन्द पछि राष्ट्रिय युवा संघ र स्थानियहरुले नगरपालिकाको मूल गेटमा धर्नामा बसेका थिए ।

२ वर्ष देखि निमार्ण कार्य सुर गरिएको सडक अलपत्र बनाएर हिँड्न समेत समस्या भएको बताउँदै उनीहरुले उक्त सडक खण्ड ढुङ्गा, मुडा राखेर सडक अवरुद्ध गरेका हुन् । बिहान ९ बजेमा सडक बन्द गरे उनीहरुले विरोध जनाएका हुन् ।
झण्डै डेढ किलोमिटर पक्की सडक संग २ स्थानमा स्लेव ढलान गर्ने योजना अनुरुप उक्त अलपत्र ‘दराती रोड’ दुई वर्ष अघि निमार्ण कार्य सुरु गरिएको हो । उक्त डेढ किलोमिटर पक्की सडक संगै स्लेव कल्र्भट निमार्ण कार्यको जिम्मा महरा निमार्ण सेवा र देउती विल्ड्रर्सले लिएको थियो ।
फुटेका बेग्रेीलत ढुङ्गा बाटोमा रहेको र २ स्थानमा स्लेव ढलान निमार्ण कम्पनीले अलपत्र बनाएर छाडेपछि स्थानियहरुले आफुहरुलाई हिडडुल गर्न असहज भएको भन्दै तिनै तहका सरकारलाई गुहार्दै आएका थिए । निमार्ण कम्पनीले सडक अलपत्र छोडेपछि स्थानियहरुले २ स्थानमा काठोको पुल बनाएर पुलको उद्धघाटन गरेका थिए ।
पुल उद्धघाटनमा गाँउको एक ज्येष्ठ नागरिकलाई काठेपुलमा दरातीले रिविन काटेर पुलको उद्धघाटन गरेका थिए । राष्ट्रिय युवा संघ दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरी र राष्ट्रिय युवा संघ दोधारा चाँदनीका पुर्व अध्यक्ष रामसिंह खड्काको अगुवाईमा आज बिहानैदेखि अलपत्र ‘दराती रोड’ अवरुद्ध गरि विरोधमा उत्रेका थिए ।
उनिहरुलाई स्थानियहरुले साथ दिएका थिए । राष्ट्रिय युवा संघ दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले ठेकेदारको चरम लापरवाहीको कारण स्थानियहरुलाई सामान्य हिडडुल गर्न समेत असहज भएको र साईकल तथा मोटरसाईकल चलाउन नमिल्ने अवस्था भएको हुदा स्थानियहरुले ठूलै सास्ती खेप्दै आएको बताउदै सडक निमार्णको माँग राख्दै आन्दोलन गनुृ आवश्यक भएको बताए ।
‘सरकारले स्थानियहरुको पिडा नबुझेको हुदा सडक अवरुद्ध गरी आन्दोलन गर्न बाध्य भएको हो’ राष्ट्रिय युवा संघ दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले बताए । सडकमा ढुङ्गा, मुडा राखेर झण्डै तीन घण्टा बढी सडक अबरुद्ध गरि आन्दोलनमा उत्रेका स्थानियहरुले दोधारा चाँदनी नगरपालिकाका मुल गेटमा पुगेर धर्ना दिएका थिए ।
‘हामीले ३ घण्टा जति सडक अवरुद्ध गरेपनि जनप्रतिनिधि कोही नआएपछि नगरपालिकामा पुगेका हौ’ युवा संघ दोधारा चाँदनीका पूर्व अध्यक्ष रामसिंह खड्काले भने ।
हाल स्थानियलाई हिडडुल गर्न र साईकल तथा मोटरसाईकल हिड्न सजिलोको लागी सडक निमार्ण गर्ने जनप्रतिनिधिहरुको सहमतिपछि अवरुद्ध सडक खुलेको राष्ट्रिय युवा संघ दोधारा चाँदनीका पुर्व अध्यक्ष रामसिंह खड्काले बताए ।
झण्डै ३ करोडमा निमार्ण कार्य सुरु गरिएको दराती सडकमा ठेकेदारले निमार्ण कार्य अधुरै छाडेपछि स्थानियहरुलाई आवागमनमा सास्ती खेप्नु परेको हो ।
