ghar sansar

गृहमन्त्री लामिछानेलाई बाहिर राखेर हुने सहकारी ठगी छानबिन काँग्रेसलाई मान्य हुँदैन – रमेश लेखक

Amity

महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेलाई छाडेर हुने सहकारी ठगी अनुसन्धान काँग्रेसलाई मान्य नहुने बताएका छन् । उनले समग्रतामा सहकारी ठगीको छानबिन हुने भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति मान्य नहुने जनाए ।

‘सहकारी ठगीबाट लाखौ पीडित छन्, अर्बाै रकम अपचन गरिएको छ, यसमा उ प्रधान एबम् गृहमन्त्री रवि लामिछानेज्यू जोडिनु भएको छ, संलग्नताको एक पछि अर्को पुष्टि हुने आधार आएका छन्’ सोमबार प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘राजीनामा मागेको छैन, संसदीय समिति बनाएर छानबिन हुनु पर्छ भनेका छौ, सरकार यसबाट भागेको छ, अधिवेशन अन्त्य गरिएको छ, प्रधानमन्त्रीज्यूले समग्रतामा छानबिन गर्ने कुरा चाहिँ गर्नु भएको छ,त्यसमा हामी सहमत छैनौ, व्यक्ति लक्षित नगरौ भन्ने वहाँको अभिव्यक्ति आपत्ति जनक छ, नैतिकताले, कानुनले मान्छेलाई त्यस्तो भन्न मिल्दैन ।’

lotus institite

मुलुकमा अस्थिरताको श्रृङ्खला सुरु भएको उल्लेख गर्दैै काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले सत्ताधारी दलबीच भित्र र बाहिर शंका उप शंका बढेको बताए । अहिले चारैतिर असन्तुष्टि र नैराश्यता देखिएको लेखकको भनाई थियो ।

राजनीतिक अस्थिरताका पछाडि संवैधानकि जटिलता देखिएको लेखकले बताए । उनले संवैधाननिक रुपमा समाधान गर्न पनेृ केही विषय भएकाले संविधान संशोधनका लागि काँग्रेसले नेतृत्व गर्नु पर्ने उल्लेख गरे ।

‘अहिले यो छिटो छिटो सरकार परिवर्तन भएर राजनीतिक अस्थिरता हुने अवस्था आएको छ , यो संवैधानिक रुपमा समीक्षा गर्नु पर्ने विषय छ, यसलाई समीक्षा गरी अघि बढाउनु पर्छ’ उनले भने ।

सरकारलाई लिएर सत्ता गठबन्धनमा देखिएको असन्तुष्टिले अस्थिरता झन बढ्ने खतरा देखिएको लेखकले बताए । संसदका दुई ठूला दलले सरकार बनाएर राजनीतिक अस्थिरता रोक्न सत्ता समीकरण बनाउन सक्ने विकल्प उनले सुनाए ।

‘दुई ठूला दल सत्ता समीकरण बनाउन सक्छन्, यसबारे ठोस कुराकानी भएको छैन तर मिल्न सके फाइदा हुन्छ’ उनले भने,‘सरकार सञ्चालनबारे गम्भीर छलफल हुनु पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...