ghar sansar

सोच्नु पर्ने बेला आएको छ

Amity

प्रतिनिधि सभामा ठूलो दलका रूपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरूबीच पनि नयाँ सरकार गठनको बारेमा छलफल भएको भन्ने विवरणहरू आइरहेका छन् । पछिल्ला दिनमा दुवै दलका केही नेताहरूबीच भएका भेटलाई कतिपयले नयाँ सरकार गठनसँग जोडेर हेरेका छन् । यसबीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । नयां सत्ता गठबन्धन बनाउन कांग्रेसका नेताहरूले एमाले नेताहरूसंगको भेटघाटलाई बाक्लो बनाइरहेका बेला कोइरालाले अध्यक्ष ओलीलाई भेटेका हुन् । भेटमा कोइरालाले कांग्रेस र एमाले मिलेर अघि बढ्ने प्रस्ताव राखेका थिए । कोइरालाले अध्यक्ष ओलीलाई कांग्रेस–एमाले मिलेर सरकार बनाउदा देशमा स्थायित्व हुने भएकाले मिल्नु पर्नेमा जोड दिएका थिए । तर ओली अहिलेसम्म सकारात्मक नदेखिएकाले कुरो अधि बढन सकेको छैन ।

अहिले सम्म दुवै दलका नेताहरूले ती भेटमा सत्ता साझेदारीबारे गम्भीर कुराकानी नभएको बताएका बेला नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् । उनले नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनु पर्छ भन्ने मत बलियो रहेको बताएका छन् । उनले जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा देखिएकाले कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्नु पर्ने बताएका छन् । कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्नु पर्ने सरकार सञ्चालनका लागि नभए मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ । यस्तै नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले पनि राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्नुपर्ने बताएका छन् ।

lotus institite

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएक छन् । उनले प्रत्येक वर्ष संघीय र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको बाहेक अन्य विकल्प हुन नसक्ने प्रष्ट पारेका छन् । राष्ट्रको कहाली लाग्दो वर्तमान परिस्थितिको अवस्थालाई मध्यनजर गरेर देउवा र ओलीका अतिरिक्त दुवै पार्टीका केन्द्रदेखि एकाई तहसम्मका नेता र कार्यकर्ताले समिक्षा गर्नु पर्ने बेला आएको छ । दुवै दलको समझदारी र सहकार्यमा मुलुकमा भएको राजनीतिक परिवर्तनलाई नेपाल र नेपालीको पक्षमा उपलब्धिमूलक तथा फलदायी तुल्याउन सहकार्य आवश्यक छ ।

स्थायित्व र स्थिरता, विधिको शासन, संकटग्रस्त अर्थतन्त्रमा सुधार र जेलिएको राष्ट्रियताको सवाल जस्ता नेपालको आजको विशिष्ट अवस्थाले फेरि एक पटक सहकार्यमा आधारित कांग्रेस र एमालेको संयुक्त भूमिका माग गरेको छ । कांग्रेस र एमालेका लागि यो जनताप्रतिको जवाफदेही र राष्ट्रप्रतिको दायित्वको परीक्षा घडी भएकाले अब ढिलो नगरी गाउँदेखि केन्द्रसम्मका नेता कार्यकर्ताले सोच्ने बेला आएको छ । दुवै पार्टीले समय र परिस्थितिको आवश्यकता र जनताको चाहना सुनेर संयमित एवम् विवेकपूर्ण निर्णय लिनु पर्ने बेला आएको छ ।

Himal dental
सम्बन्धित
Loading...