एमाले कञ्चनपुरले जेठ महिनाभित्रै सबै पालिकाको अधिवेशन गर्ने, जेठ १० गतेभित्र सदस्यता नविकरण विवरण पठाउन मातहत कमिटीलाई निर्देशन

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले आगामी जेठ महिनाभित्रै सबै पालिकाको अधिवेशन गर्ने निर्णय गरेको छ । एमाले कञ्चनपुरको बुधबार बसेको प्रथम सचिवालय बैठकले जेठ १८ देखि ३१ गतेसम्म सबै पालिकाका अधिवेशन गर्ने निर्णय गरेको हो ।

चैत पहिलो साता एमालेको जिल्ला अधिवेशन भएको थियो । सचिवालय बैठकले जेठ ३ गते मदन आश्रित दिवसको अवसरमा जिल्ला स्तरीय वृहत विचार गोष्ठी गर्ने भएको छ । एमाले कञ्चनपुरका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले सार्वजनिक प्रेस विज्ञप्तिमा विचार गोष्ठी महेन्द्रनगरमा गर्ने निर्णय गरिएको छ ।

एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५१ जेठ ३ गते दासढुङ्गामा निधन भएको थियो । एमालेले सोही दिनको सम्झनामा मदन आश्रित स्मृति दिवस मनाउने गरेको छ ।

बैठकले जेठ १० गतेभित्र सदस्यता नविकरण गरी विवरण पठाउन मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले कार्यालय सचिवको जिम्मेवारी रामचन्द्र रेग्मी र बेदकोट नगरपालिकाका सह इन्चार्जको जिम्मेवारी लक्ष्मण रानालाई दिइएको छ ।

एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बैठक बसेको छ । बैठकपछि एमाले जिल्ला उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख अवस्थीले प्रेस विज्ञप्ति जारी गरी निर्णय सार्वजािक गरेका छन् ।

बैठकमा एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज नारदमुनि राना, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, इन्दु कडरिया विष्ट, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा लगायतका नेता सहभागी भएको छ ।

एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा बसेको बैठकमा जिल्लाको समग्र राजनीतिक अवस्था, विकास निर्माणको समीक्षा लगायतका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख अवस्थीले बताए ।

सम्बन्धित
Loading...