डरलाग्दो अवस्था

वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसर्मपण गरेका छन् । अहिले रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओड विरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । पछिल्लो समय आप्mनै श्रीमान्ले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेका घटना बढने क्रममा छन् ।

वैवाहिक बलात्कारलाई नेपालको कानुनले अपराध मानेको छ । कानुनी मान्यता पाइसकेपछि देशमा अहिले वैवाहिक बलात्कारको मुद्दा पनि व्यापक रुपमा बढिरहेका छन् । पति पत्नीको झगडा परालको आगो भन्ने नेपाली समाजमा आमनागरिकदेखि प्रतिष्ठित व्यक्तिसम्म यस्ता मुद्दामा डामिदा यसले विभित्र प्रश्न जन्माएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ४ अन्तर्गत वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने उल्लेख छ । केही समययता नेपालमा वैवाहिक बलात्कारका मुद्दा बढेका छन् । कपिलवस्तुका तत्कालीन जिल्ला न्यायाधीश भुवन गिरी यति खेर पुर्पक्षका लागि थुनामा छन् । आप्mनै श्रीमती आरती रावलले वैवाहिक बलात्कारको मुद्दा हालेपछि गिरीलाई सर्वाेच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

एक तथ्यांक अनुसार यस्तै मुद्दा पछिल्ला पा“च वर्षमा तीनै तहको अदालतमा दुई सय १० वटा दर्ता भएका छन् । २०७५ साल यता जिल्लामा एक सय ६६, उच्चमा ४० र सर्वाेच्चमा चार वटा वैवाहिक बलात्कारको मुद्दा दर्ता भएका छन् । जसमा ५९ जनाले सफाई पाएका छन् भने ३४ जना कसुरदार ठहरिका छन् भने एक सय १७ जनाको फैसला आउन बा“की नै छ । वैवाहिक बलात्कारलाई नेपालको कानुनले अपराध माने पछि कतिपय महिला पीडित भएरै यस्ता मुद्दा दर्ता गरिराखेका छन् भने कतिपय महिलाले फसाउने नियतले यस्ता मुद्दा दर्ता गर्ने गरेका छन् । यस्ता मुद्दामा प्रहरीले मसिनो गरि अनुशन्धान गर्नु जरुरी छ । वैवाहिक बलात्कारका मुद्दा बढन थालेपछि श्रीमतिले कतिबेला श्रीमान विरुद्ध मुद्दा हाल्नेहो ठेगान हुदैन । सबै श्रीमतिले त्यसो नगर्लान तर यस्ता घटनाले सबै श्रीमानहरुलाई झस्काउने काम गरेको छ । हरेक श्रीमान श्रमितिकोबीचमा कहिले काहि भनाभन हुने गर्दछ ।

यस्तो समान्य झगडालाई निहु बनाएर पनि वैवाहिक बलात्कारको मुद्दा पर्न सक्छ । बलत्कारीलाई मृत्यु दण्डा दिनु पर्छ भन्ने आवाज एकातिर उठिराखेको छ भने अर्कोतिर सहमतिमै भएको शाररिक सम्पर्कलाई लेनदेनमा कुरा नमिले पछि बलत्कारको आरोप लगाएर फसाउने काम पनि भइरहेको छ । अदालतले बलत्कार र वैवाहिक बलात्कार फरक हो भनेको छ । तर वैवाहिक बलात्कारमा पनि पाँच वर्षको सजाय तोकिएकोले हरेक पुरुषले सजक हुनु पर्ने अवस्था सृजना भएको छ । महिलालाई अधिकार दिनु पर्छ भन्नेमा कसैको दुईमत हुन सक्दैन । तर महिला भएकै नाताले पाएको अधिकारको दुरुपयोग पनि हुने गरेको छ र यसले गर्दा धेरै पुरुषहरु पीडित पनि भएका छन् । कानुन कहिला पुरुष सबैका लागि समान हुनु पर्ने हो । यसो हुन नसक्दा अहिले महिला हिंसा भन्दा पुरुष हिंसा बन थालेकोले त्यस तर्फ पनि ध्यान जानु पर्दछ ।

सम्बन्धित
Loading...