ghar sansar

निकुञ्जका दुई सहायक वार्डेनमाथि खनिए एमालेका उप सचिव, भने– यी दुई जनाले कुनै पनि हालतमा काम अघि बढ्न दिँदैन

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरका उप सचिव अशोक कुमार चन्दले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका दुई कर्मचारीका कारण मझगाउँ विमानस्थल निर्माण कार्यमा अवरोध आएको छन् ।

मझगाउँ विमानस्थल सञ्चालन समितिले मंगलबार रतन वाटिका क्षेत्रमा गरेको सर्बपक्षीय छलफलमा उनले निकुञ्जका दुई सहायक वार्डेन कुनै पनि हालतमा विमानस्थल निर्माण कार्य अघि बढ्न नदिने गरी लागेको बताएका हुन् ।

,orning glory badhai

चन्दले नाम नलिई ती सहायक वार्डेनको विमानस्थल निर्माणमा अवरोध गर्ने नियतबारे भने आफूलाई थाहा नभएको बताए ।

‘यो निकुञ्जका दुई वार्डेन, यो विमानस्थल निर्माण कार्यलाई कुनै पनि हालतमा अघि बढाउन दिने पक्षमा छैनन्, हिजो निर्माण कार्य अघि बढाएपछि आज ती दुई सहायक वार्डेनले सेनालाई समेत भ्रममा पारेर यो सब गर्न लगाएको हो, यो किन गर्दैछन्, वहाँहरुको नियत के हो, मलाई थाह छैन’ उनले भने , तर यी दुई सहायक वार्डेन कुनै पनि हालतमा बनाउन दिने पक्षमा छैनन् ।’

dirghayi clinic

मझगाउँ विमानस्थल सञ्चालन समितिले सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाले निर्माण कार्य अवरुद्ध गरेको क्षेत्रमा डोजर लगाएको थियो ।

मंगलबार निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सहायक वार्डेन प्रमोद कुमार यादवले विमानस्थल आयोजनालाई जग्गा भोगाधिकार नपाएको र वातावरणी प्रभाव मूल्याङ्कन नभएकाले विमानस्थल आयोजनालाई निर्माणका कार्यका लागि अनुमति दिन नसकिने पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाएका हुन् ।

एमाले उप सचिव चन्दले निमित्त प्रमुख संरक्षण अधिकृत यादव र अर्का सहायक वार्डेन मनोज ऐर विमानस्थल निर्माण हुन नदिने गरी अघि बढेको बताएका हुन् । यादव र ऐरले विभाग गुमराहमा पर्ने गरी पत्र पठाएको उप सचिव चन्दले बताए ।

राजनीतिक क्रान्ति भएर देशमा शासन व्यवस्था फेरिए पनि वन निकुञ्जमा पूरानो शासन व्यवस्था यथावत रहेको चन्दको भनाई थियो । उनले निकुञ्जमा अझै पनि पञ्चायती, निरङकुश र सामन्ती शासन व्यवस्था यथावत रहेको बताएका हुन् ।

निकुञ्जले विभागलाई पत्राचार गरेपछि विमानस्थल सञ्चालन समितिले मंगलबार डोजर लगाउने कार्य स्थगित गरी थप दबावका कार्यक्रमका लागि छलफल गरेको हो ।

छलफलमा भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव विष्ट, १३ का वडा अध्यक्ष राम बहादुर बोहरा, दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष ओम वस्नेत, समाजसेवी लिलाध्वज वस्नेत, समितिका संयोजक लगायतका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...