
महेन्द्रनगर । पुनर्वास नगरपालिका ६ ङ गाउँमा विपि स्मृति भवनको शिलान्यास गरिएको छ । बुधबार सुदूरपश्चिम प्रदेश विधायन समितिका सभापति काँग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले भवन शिलान्यास गरेका हुन् ।
४० लाख रुपैयाँमा निर्माण हुनलागेको २ तले भवन यहि असार २५ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने बिपि स्मृति समाजका अध्यक्ष मान बहादुर रोकायले बताए । कंचनपुर क्षेत्र नम्बर १ मा पहिलो पटक विपि स्मृति भवन भन्न लागेको उनले बताए।
शिलान्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयनाथ शर्मा, क्षेत्रिय सभापती गोपी प्रसाद उपाध्याय लगायत नेपाली काङ्ग्रेस पार्टीका नेता, कार्यकर्ता सहभागी भएका छन् ।
