ghar sansar

पुनर्वासमा ४० लाख खर्चेर काँग्रेसले बनाउँदै विपि स्मृति भवन, प्रदेश सभा सदस्य विष्टले गरे शिलान्यास

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका ६ ङ गाउँमा विपि स्मृति भवनको शिलान्यास गरिएको छ । बुधबार सुदूरपश्चिम प्रदेश विधायन समितिका सभापति काँग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले भवन शिलान्यास गरेका हुन् ।

dirghayi clinic

४० लाख रुपैयाँमा निर्माण हुनलागेको २ तले भवन यहि असार २५ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने बिपि स्मृति समाजका अध्यक्ष मान बहादुर रोकायले बताए । कंचनपुर क्षेत्र नम्बर १ मा पहिलो पटक विपि स्मृति भवन भन्न लागेको उनले बताए।

,orning glory badhai

शिलान्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयनाथ शर्मा, क्षेत्रिय सभापती गोपी प्रसाद उपाध्याय लगायत नेपाली काङ्ग्रेस पार्टीका नेता, कार्यकर्ता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...