
महेन्द्रनगर । सत्तारुढ नेकपा (एमाले) का उपाध्यक्षका राम बहादुर थापा (बादल) महेन्द्रनगर पुगेका छन् । एमाले कञ्चनपुरले बिहीबार ३१ औ मदन आश्रित स्मृति दिवसको अवसर पारी आयोजना गर्ने जनताको बहुदलीय जनवादका विविध आयाम“ विषयक विचार गोष्ठीमा सहभागी हुन उपाध्यक्ष बादल महेन्द्रनगर आएका हुन् ।
गोष्ठीमा बादल प्रमुख अतिथि हुने छन् । एमाले बाजुराको जिल्ला अधिवेशन उद्घाटनका लागि सुदूरपश्चिम आएका उनी बिहीबार महेन्द्रनगर पुगेका छन् । एमाले नेता कार्यकर्ताले उपाध्यक्ष बादललाई स्वागत गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघको सभा कक्षमा विहान ११ बजे सुरु हुने कार्यक्रममा एमालेका जिल्ला भरका नेता कार्यकर्ता सहभागी हुने एमाले कञ्चनपुरका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए ।
