
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट विश्वासको मत मत पाएका छन् ।
बिहिवार मुख्यमन्त्री सोडारीले प्रदेश सभाका २८ प्रदेश सभा सदस्यको विश्वासको मत पाएका हुन् । योसंगै प्रदेश सभामा उनले बहुमत पाएका छन् ।

सोडारीको पार्टी एकीकृत समाजवादीका दलका नेता सोडारीलाई उनको दलका चार प्रदेश सभा सदस्यहरूसहित एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् ।
काँग्रेसका १९, राप्रपा एक र नागरिक उन्मुक्तिका पाँच जना प्रदेश सभा सदस्यहरूले मतदानमा भाग लिएका छैन ।
